कनकाई अनलाइन
झापा,जेठ ५।प्रेरस अर्गानिक कृषि फर्मको आज उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।झापा गाउँपालीका-६ निवासी सनित राई र झापा गाउँपालीका-७ निवासी प्रेमप्रसाद सिटौलाले संयुक्त रुपमा थालनी गरेको कृषि फर्मको उद्घाटन गरिएको हो।
समुद्घाटन कार्यक्रमको प्रेमप्रसाद सिटौलाले अध्यक्षता गर्नु भएको थियो भने झापा गाउँपालीका अध्यक्ष जयनारायण शाहको प्रमुख आतिथ्यता रहेको थियो।त्यस्तै बिशिस्ट अतिथीहरु झापा गाउँपालीका-७ का वडाध्यक्ष नेत्रप्रसाद उप्रेती,झापा गाउँपालीकाका कार्यपालीका सदस्य टीका बिश्वकर्मा,नेपाल कम्युनिस्ट पार्टी(नेकपा) झापा गाउँपालीका अध्यक्ष रुद्र बजगाईं,नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का झापा गाउँपालीका सचिव गजेन्द्र ताम्ली,नेपाली कांग्रेसका झापा गाउँपालीका सह-सभापती सखिचन्द्र ठाकुर,नेकपा क्षेत्र-४ का युवा संघका पुर्व अध्यक्ष सुब्रतचन्द्र राई र जनता समाजबादी पार्टी झापा जिल्ला सचिवालय सदस्य हर्कराज खालिङको आतिथ्यता रहेको थियो।त्यस्तै कार्यक्रममा समाजसेवी तेज श्रेष्ठ ,हिमाल चौलागाईं,नेत्र सिटौला,चिन्तामणी निरौला लगायतको उपस्थिती रहेको थियो।
समुद्घाटन कार्यक्रममा प्रमुख अतिथी शाहले मेवाको बिरुवा रोप्दै कृषि फर्मको समुद्घाटन गर्नुभएको थियो।बिरुवा रोपेर फर्म उद्घाटन गर्दै शाहले युवाहरुले स्वरोजगारीमुखी कृषि क्षेत्रलाई समेटेकोमा खुसी व्यक्त गर्नुभयो।आगामी दिनमा अनुदानका कार्यक्रममा पनि युवाहरुलाई प्रोत्साहन दिन सक्दो सहयोग गर्ने शाहले बताउनु भयो।
उद्घाटन कार्यक्रममा बिदेस पलायन भइरहेका युवाहरुलाई स्वदेसमै कृषि क्षेत्रमा प्रेरणा दिन नेकपाको कदम के हुन सक्ला भन्ने प्रश्नमा नेकपाका झापा गाउँपालीका सचिव गजेन्द्र ताम्लीले आफ्नो पार्टीका तर्फबाट सकेको सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो।
राई र सिटौला द्वयले करिब साढेँ छ बिगा क्षेत्रफल जमिनमा कृषि फर्म गर्ने योजना बनाएका छन।अहिले भैसीका पाडापाडी करिब १५ वटा जति पालेको र मेवा रोप्न थालिएको भन्दै आगामी योजना बेमौसी खेती कुरिलो,कटहर,लसुन,प्याज आदि लाउने र पोखरीमा ५० हजार माछाका भुरा हाल्ने योजना रहेको फर्मका संचालक प्रेम सिटौलाले कनकाई अनलाइनलाई बताउनु भयो।हालसम्ममा १५ लाख लगानी भैसकेको अर्का संचालक सनित राईले बताउनु भयो।