लीलाराज झापाली
कनकाई नगरपालिकाले आफ्ना नगरमा रहेका गर्भवती महिलाहरुका लागि चार पटकसम्म मान्यताप्राप्त स्वास्थ केन्द्रमा ४ पटकसम्म गर्भको चेकजाँच गर्ने महिलालाई घरमै २ हजार रुपैँयाको चेक प्रदान गर्ने गरेको छ ।
उपमेयर सुत्केरी पोषण कार्यक्रम अन्र्तगर्त कनकाई नगरपालिकाका ९ वटै वार्डमा हरेक २ महिनामा उपप्रमुख मन्जु प्रसाईले सुत्केरी हुने घरको घरघरमै पुगेर सुपानेट झुल र दुई हजार रुपैँयाको चेक सुत्केरी महिलालाई दिने गर्नुभएको छ ।
नगरपालिकामा आफु चुनाव जितेर आएको बर्षदेखिनै नगरमा यस प्रकारको कार्यक्रम ल्याइएको प्रसाईले बताउँनुभयो । हालसम्म नगरपालिकामा ३८२ जना सुत्केरी महिलालाई घरमै पुगेर उक्त रकमको चेक प्रदान गरिसकेको प्रसाईले बताउँनुभयो । उपप्रमुख प्रसाईले आफुलाई सुत्केरी महिलाको पिडा थाहा भएकोले यसप्रकारको कार्यक्रम ल्याएको बताउँनुभयो ।
यसअघिका बर्षहरुमा सुत्केरी महिलालाई ध्यु प्रदान गर्दै आएकोमा एक्कैपटक धेरै ध्यु दिदा बिग्रने भय रहेकोले नगदै दिएको प्रसाईले बताउँनुभयो । उपमेयर सुत्केरी पोषण कार्यक्रममा यस आर्थिक बर्षका लागि ७ लाख रुपैँया बजेट बिनियोजन गरिएको समेत प्रसाईको भनाई छ ।
सुत्केरी पोषण कार्यक्रमका लागि नगर उपप्रमुख प्रसाईको संयोजकत्वमा ५ सदस्यीय समिति समेत निर्माण गरिएको छ । जसमा सदस्यहरुमा गिता चौहान, देविमाया दाहाल, नरादेवि मगर र सदस्य सचिवमा कमला विश्वकर्मा रहनुभएको छ ।
फोटो / लकडाउनमा सुत्केरीलाई चेक प्रदान गर्दै कनकाई उपप्रमुख प्रसाई तस्वीर लीलाराज झापाली कनकाई अनलाईन
कनकाईमा सुत्केरीअघि चार पटक चेकअप गरे घरमै पुग्छ चेक