Kanakai Online

दक्षिणी झापामा भारतीयको दादागिरी कायमै


आइतवार, जेठ ४, २०७७ |

कनकाई अनलाईन
झापा( झापाको कचनकवलमा शनिवार साँझ गोली चलेको छ । भारतीय नागरिकको ठूलो समूह नेपाल छिर्न खोजेपछि सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीले फाइरिङ गरेको हो । भारतीय समूहले प्रहरी माथि हमलाको प्रयास गरेपछि प्रहरीले फायरिङ गरेको स्थानीयले बताएका छन् । घटनाकोे जिल्ला स्थित सुरक्षा स्रोतले पुष्टि गर्दै १२५ सीमा पिलरमा खटिएको सशस्त्र प्रहरीको टोलीमाथि हमला प्रयास भएपछि फायरिङ गर्नु परेको जनाएको छ ।

घटनाको प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङदेनले भर्सना गरेका छन् । उनले भनेका छन्, – अहिले राती कचनकवल १ घेरावारीमा सिमा सुरक्षामा रहेका सुरक्षाकर्मीहरु माथि भारतीय नागरिकहरुबाट भएको आक्रमण प्रयासको भत्सर्ना गर्दछु ।
सशक्त प्रतिकार गरि आक्रमणकारीहरूलाई धपाउन सफल सुरक्षाकर्मी र स्थानीय जनतामा धन्यवाद ब्यक्त गर्दछु ।

यसअघि भारतीयहरुको ठुलो समुह भारतीय मद्रासी फिल्म स्टाइलले झापा गाउँपालिका ४ सुकुम्बासी वस्तीबाट नेपाल प्रवेश गर्न खोज्दा त्यहाँ डयुटीमा रहेका सुरक्षाकर्मीले २ फायर गोली हानेर थपाएका थिए । त्यसपछि सो क्षेत्रमा समेत वाक्लो सुरक्षा व्यावस्था मिलाइएको छ ।

सम्बन्धित खबर