Kanakai Online

झापा गाउँपालीकामा २० जनाको PCR रिपोर्ट नेगेटिभ।


शनिवार, जेठ ३, २०७७ |

कनकाई अनलाइन

झापा,जेठ ३।झापा गाउँपालीकामा २० जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ।

स्वाब संकलन गरिएका बिसैजनाको पिसीआर बिधीबाट गरिएको परिक्षणमा कोरोना संक्रमण नेगेटिभ आएको झापा गाउँपालीकाका स्वास्थ्य साखा प्रमुख लक्ष्मण बिश्वकर्माले कनकाई अनलाइनलाई बताउनु भयो।

झापा गाउँपालीकाको स्वास्थ्य साखाको टिमले गत सोमबार झापा गाउँपालीका भित्र क्वारेन्टाइन तथा होमक्वारेन्टाइनमा राखेका २० जना मानिसको स्वाब संकलन गरि पिसिआर परिक्षणका लागि बिराट नगर पठाएको थियो।

सम्बन्धित खबर