कनकाई अनलाईन
झापा– नेपाल भारत सीमामा लापोन्मुख बन्यजन्तु सालक फेला परेको छ । नेपाल भारत सीमाको कचनकवल गाउँपालिका–५ को सीमावर्ती इलाकामा शुक्रवारराति सालक भेटिएको हो । ११२ र ११३ नम्वर पिलरको बीचमा बोराभित्र पोको पारेर राखिएको अवस्थामा सालक भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सीमामा भेटिएको सेतो प्लाष्टिकको बोरा खोलेर हेर्दा जिउँदो सालक भेटिएको प्रहरी कार्यालय झापाका सूचना अधिकारी साकार पन्तले बताए । प्रहरीले उक्त सालकलाई शनिवार डिभिजन वन कार्यालय चन्द्रगढीको जिम्मा लगाएको छ ।
सालक नेपालबाट भारततर्फ लैजान लागिएको हुनसक्ने प्रहरीको अनुमान छ । सीमावर्ती सुरक्षामा कडाई भएकाले तस्करले सालक छोडेर भागेको हुनसक्ने अनुमान छ ।