Kanakai Online

कतारका नेपाली भन्छन पैसा सकियो के खाने कहाँ बस्ने?


शनिवार, जेठ ३, २०७७ |

कनकाई अनलाइन

दोहा,जेठ ३।वैदेशिक रोजगारीका शिलशिलामा कतारमा कार्यरत नेपालीहरुले आफुलाई खान र बस्नको अत्यन्तै समस्या भएको बताएका छन।

कोभिड-१९ को असरले बिगत दुई महिना अघि देखि कम्पनी बन्द भएकोले समस्यामा परेको पिडित भोलानाथ आचार्यले कनकाई अनलाइनलाई बताए।आचार्यले कनकाई अनलाइन संग भने “हामीहरु रेन्ट लिमोजिन कार चलाउछौ र बिगत दुई बर्सदेखि हाम्रो बस्ने खाने हामीले अाफै गरिरहेका छौ,सात महिनाअघि देखिनै हाम्रो कम्पनी ब्ल्याकलिस्टमा रहेकोले हाम्रो अाईडी पनि नबिकरण हुनसकेको छैन र हाम्रो अाईडि सकिएको पनि दुईमहीना सातदिन भैसकेको छ”।तत्कालै नेपाल जान पनि नसकेको र कतारमा खान र बस्नकै समस्या भएको आचार्यको भनाई छ।आफुहरुले नेपाली दुताबासमा समेत जानकारी दिएको तर दुताबासबाट कुनै प्रतिकृया नआएको आचार्य बताउछन।

रेन्टमा कार लिएर चलाएर बिदेसी कमाईलाई स्वदेसमा सञ्चित गर्ने चार नेपालीलाई अत्यन्तै समस्या परेको अर्का पिडित लिलाप्रसाद गौतमले बताए।१५ दिन अगाडी एनआरएनएले केही राहत स्वरुप खाद्यान्न सहयोग गरेपनि अहिले खाद्यान्न सकिएको र घरबेटी भाडा माग्न आउँदा भाडा पनि तिर्न नसकिएको गौतमले बताए।

समस्या परेकाहरु सोमनाथ न्यौपाने(पासपोर्ट नं-06264233),भोलानाथ आचार्य(पासपोर्ट नं-06756272),लिलाप्रसाद गौतम(पासपोर्ट नं-07850703) र दिपेन्द्र नेम्वाङ(पासपोर्ट नं-07245295) रहेका छन।