Kanakai Online

गरिबलाई निशुल्क खाना वाढ्दै, कनकाई नगर


शुक्रवार, जेठ २, २०७७ |

कनकाई अनलाईन
कनकाई ८ त्रिवेणी टोलमा कनकाई नगरपालिकाद्धारा त्यहाँ रहेका गरिब परिवारलाई निशुल्क खाना बितरण सुरु गरिएको ।


४ दिनदेखि दैनिक बिहान र बेलुकीको छाक त्यहाँ रहेका करिब ७७ घरपरिवारले दैनिक विहान र बेलुकी खाना खुवाउन थालिएको हो । बिरिङ खोलाको बगरमा रहेका त्यस क्षेत्रका स्थानीय प्राय खोलामा गिटी चालेर आफ्नो जिविका पालन गर्दै आएका थिए । दोस्रो चरणसम्मको राहत वितरण गरिसकेर तेस्रो चरणको राहतबाट स्थानीय वाल शिक्षाको भवनमा त्रिवेणी टोल विकास संस्थाको संयोजन तथा कनकाई नगरपालिका र वार्ड नम्बर ८ को आयोजनामा दैनिक खाना वितरण गरिदै आएको त्रिवेणी टोल विकास संस्थाका अध्यक्ष जंगबहादुर ल्वागुनले बताउँनुभयो ।


तयारी खाना पकाएरै वितरण गर्दा घरमा चामल तरकारी हुनेहरु खाना थाप्न नआउने र बास्तविक गरिब र आवश्यकता पर्नेमात्रै खानाका लागि लाईनमा बस्ने गरेको पाइएकोले यसप्रकारको कार्यक्रम अवका दिनमा कनकईका ९ वटै वार्डमा विस्तार गर्ने नगरपालिकाले तयारी थालेको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउँनुभयो । नगरले सामुहिक भोजन खुवाउन सुरु गरेपछि लक डाउनका कारण बिहान बेलुकीनै के खाउ कहाँ जाउँ भन्ने हैरानीबाट स्थानीयलाई मुक्ती मिलेको वार्ड नम्बर ८ की जनप्रतिनिधि सुनिता सिग्देलले बताउँनुभयो ।

नगरपालिकाबाटै वार्डमा सुरु गरिएको यस सामुहिक भोजन कार्यक्रमले गरिब परिवारमा खुसी ल्याएको कनकाई ८ का वडाअध्यक्ष प्रेमबहादुर कटुबालले बताउँनुभयो । दाल, चामल , तेल, नुन कनकाई नगरले उपलब्ध गराइदिएको र तरकारी गाउँलेद्धारानै वारीमा फलेको सहयोगबाटै सामुहिक भोजन सुरु गरिरहेको वडासदस्य निरा बराईलीले बताउँनुभयो । खाना पकाउन र पस्कन चाहि टोल विकास समितिका सदस्यहरुले स्वयमसेवक रुपमा खटिरहेका छन ।

कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल गरिबलाई खाना पस्कदै तस्वीर ः कनकाई अनलाईन

सम्बन्धित खबर