Kanakai Online

झापा राहत कोषमा जीवित वचन मण्डलीद्वारा ८० विपन्न परिवारलाई खाद्यान्न।


बिहिवार, जेठ १, २०७७ |

कनकाई अनलाइन

झापा,जेठ १।झापा गाउँपालिकाले कोरोना महामारीवाट आफ्ना गाउँपालिकाका नागरिकहरुलाई सहयोग गर्न वनाएको कोरोना राहत कोषमा बिर्तामोडको जीवित वचन मण्डलीले ८० विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको छ।

एक विशेष कार्यक्रमका विच उक्त खाद्यान्न मन्डलीका संयोजक नामुएल राईले गाउँपालीकाका अध्यक्ष जयनारायण शाहलाई हस्तान्तरण गर्नुभयो।खाद्यान्न हस्तान्तरण गर्दै यो विपदको घडीमा झापा गाउँबासीलाई केही राहत होस भनी आफ्नो मण्डलीले उक्त सहयोग गरेको राईले कनकाई अनलाइनलाई बताउँनु भयो।

मण्डलीले ८० विपन्न परिवारका लागी १० केजी चामल,१ केजी दाल,१ केजी नुन र १ लिटर तेल प्रती परिवारका दरले सहयोग गरेको हो।

झापा गाउँपालिकाको कोरोना राहत कोषमा रकम जम्मा हुने क्रम जारी छ । यस कोषमा थप सहयोग गर्न  गाउँपालिकाले सम्पूर्ण संघ सस्था , उधोगी ,व्यापारी व्यावसायी , स्वदेश तथा विदेशमा रहनु हुने नेपाली दाजुभाइ , दिदिबहिनी समक्ष अनुरोध समेत  गरेको  छ ।

रकम प्रदान गर्दा आव्यश्यक पर्ने खाता एनआइसी एसीयाको झापा बजारमा रहेको साखाबाट खोलीएको k2CA051251452406 नम्बरको खाता रहेको छ।

सम्बन्धित खबर