Kanakai Online

काँकडभिट्टा हुँदै गएका युवामा कोरोना भाइरस


बिहिवार, जेठ १, २०७७ |

कनकाई अनलाईन
झापा– भारतबाट काँकडभिट्टा हुँदै नवलपरासी पुगेका ४९ वर्षीय पुरुषमा कोरोना भाइरस देखिएको छ । पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर–१२ घरका ती पुरुषमा सङ्क्रमण देखिएको हो ।

स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डाक्टर समिरकुमार अधिकारीले भरतपुर कोभिड–१९ प्रयोगशालामा बिहीबार गरिएको स्वाब परीक्षणमा कोारेना पुष्टि भएको बताए ।बैशाख २५ मा भारतको कोलकाताबाट हिँडेका उनी ३० गते चितवनको भरतपुर पुगेका थिए ।

३० गते राति ११ बजे उनलाई सोझै भरतपुर कोरोना अस्पतालमा लगिएको थियो । कोलकाताबाट औषधि बोकेको गाडीमा उनी काँकडभिट्टासम्म आएका हुन् । काँकडभिट्टाबाट पनि उनी औषधि बोकेको गाडीमा भरतपुरसम्म गएको खुलेको छ ।