कनकाई अनलाईन
४ तले घर र बुलेट बाइकमा हिड्ने व्यक्तिले र घरमा २५ लाखको बिटो राखेर समेत ५ किलो चामल लिएको समाचार आइरहेको बेला कनकाई नगरपालिकामा आफुले पाएको वृद्धभक्तालाई कोरोना राहत कोषमा राख्ने वृद्धा माताहरु समेत रहनुभएको छ ।
कनकाई वार्ड नम्बर ४ कोटीहोमकी एक वृद्धा माताले वृद्धभक्ता वापत पाएको रकम कनकाई नगरपालिकाको कोरोना कोषमा जम्मा गरेको केहिदिन नवित्नै कनकाई नगरपालिका ४ की अर्की वृद्धा माताले आफुलाई सरकारले वृद्धभक्तावापत दिएको रकम कनकाई नगरपालिकाद्धारा स्थापना गरिएको कोरोना राहत कोषमा जम्मा गरेर सबैलाई शिक्षा समेत दिनुभएको छ ।
कनकाई नगरपालिका ४ इलुवावारीकी ७८ बर्षिय वृद्धामाता मेनका सुवेदीले आफुले भर्खरै चैत्र महिनामा थापेको चौमासिक रकम १२ हजार रुपैँयाबाट १० हजार रुपैँया कनकाई नगरपालिकाद्धारा स्थापना गरेको कोरोना राहत कोषमा जम्मा गरिदिनुभएको छ । भर्खरै मात्र आफ्ना पति वियोगको घटनामा समेत रहनुभएकी वृद्धामाताले आफ्ना पति त्रिलोचन सुवेदीको स्मृतिमा उक्त रकम कनकाई नगरपालिकाद्धारा स्थापना गरिएको कोरोना राहत कोषमा जम्मा गरेको बताउँनुभयो । रकम बुझाउन कनकाई नगरपालिकासम्म जान नसके पछि कनकाई नगरपालिका ४ का वडाध्यक्ष गोविन्दप्रसाद पौड्याल माता मेनकाको घरमै रकम लिन पुग्नु भएको थियो । रकम लिदै वडाध्यक्ष पौड्यालले घरमा २५ लाखको बिटो राखेर राहत थाप्ने , पाएको राहत विक्री गरेर रक्सी खाने र मलाई वार्डले नगरले राहत दिएन भनेर गाली बेइज्यती गर्नेहरुको भीडमा आफ्नो वृद्धभक्ता वापत सरकारले दिएको रकम पनि कोरोना कोषमा राख्ने माताहरुको कामबाट केही सिक्न जरुरी रहेको बताउँनुभयो ।
कनकाई नगरपालिकाद्धारा स्थापित यस कोषमा हालसम्म ६६ लाख वढी रकम संकलन भइसकेको छ भने कनकाई नगरपालिकाभर दोस्रो चरणको राहत वितरण सकिएको छ ।
यस कोषमा थप सहयोग गरि महाविपत्तीमा सहयोग गर्न नगरपालिकाले सम्पुर्ण संघ संस्था, उद्योगी व्यापारी व्यावसायी स्वदेश तथा विदेशमा रहनुहुने नेपाली दाजुभाई दिदिबहिनीसमक्ष अनुरोध समेत गरेको छ ।
रकम जम्मा गर्नका लागि कनकाई नगरपालिकाको कनकाई नगर विपत व्यावस्थापन कोषको नेपाल बैँकको खाता नम्बर १४७०३००००००००५००४००२ मा जम्मा गरिदिन समेत अनुरोध गरेको छ ।
४ तले घर र बुलेट बाइकमा हिड्ने व्यक्तिले र घरमा २५ लाखको बिटो राखेर समेत ५ किलो चामल लिएको समाचार आइरहेको बेला कनकाई नगरपालिकामा आफुले पाएको वृद्धभक्तालाई कोरोना राहत कोषमा
यस ।फोटो रकम दिदै वृद्धमाता मेनका राहत कोषमा रकम लिदै वार्डअध्यक्ष पौडयाल तस्वीर ,कनकाई अनलाईन