Kanakai Online

“लडे लडे म त लौ न समाउ”।


बुधवार, वैशाख ३१, २०७७ |

कनकाई अनलाइन

बिर्तामोड,बैशाख ३१।माथी देखिएको दृश्य बिर्तामोड अदुवा खोला छेउ को हो।जहाँ जेसीबीबाट नाला निर्माणको काम हुँदाहुँदै विद्युतिय ट्रान्सफर्मर राखेको पोल ढल्कियो।त्यही पोललाई लड्न बाट बचायो त्यही जेसीबीले।जसले लडायो उसैले बचायो।

यो घटना आज बिहान करिब ८.४५ को हो।पोल लड्दालड्दै जेसीबीले थामेर जनधनको भने क्षति नभएको प्रत्यक्षदर्सी कमल खानले कनकाई अनलाइनलाई बताउनु भयो।

यो समाचार तयार पार्दा सम्म नेपाल विद्युत प्राधिकरणको टोली आइसकेको छ।पोललाई जेसीबीले थामेको हुनाले अब त्यो पोललाई कसरी जनधनको क्षति नगराइ उठाउने बिषयमा भने विद्युत प्राधिकरणलाई चुनौती भएको खानको भनाई छ।

फोटो-कमल खान

सम्बन्धित खबर