कनकाई अनलाईन
विगत लामो समयदेखि कनकाई नगरपालिकालाई आधारक्षेत्र बनाएर झापा जिल्लाभर सामाजिक गतिविधि गर्दै आइरहेको ज्ञानज्योती युवा क्लव सुरुङ्गाले यस क्षेत्रका सामाजिक तथा शैक्षिक व्याक्तित्वहरुलाई सल्लाहकारमा नियुक्त गरेको छ ।
क्लवले आफ्नो कार्यालयमा विशेष कार्यक्रमको विच सल्लाहकारलाई स्वागत सम्मान समेत गरेको छ । क्लवले आफ्नो कार्याकालका लागि पुर्व जनप्रतिनिधि भीमप्रसाद अधिकारी, कनकाई नगरपालिका ३ का वार्डअध्यक्ष रुद्रप्रसाद चिमरिया, पुर्व बैंकर लीलाप्रसाद उप्रेती, पुर्व राष्ट्रसेवक कर्मचारी दिनेश उप्रेती, शिक्षासेवी सागर ढुङ्गाना, संगितकार कुमार पालुङ्गा , पुर्वशिक्षक बिजय श्रेष्ठ, समाजसेवी उमानाथ सिटौला र पत्रकार लीलाराज झापालीलाई सल्लाहकारमा नियुक्त गरेको छ । सल्लाहकारले स्वागत सम्मान कार्यक्रममा ज्ञानज्योती युवा क्लवलाई आवश्यक परेको वेला सल्लाह सुझाव र अन्य गतिविधिमा साथ सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । कार्यक्रम क्लवका अध्यक्ष नारायण भेट्वालको सभापतित्व क्लवका पुर्वअध्यक्ष नविन सेढाईँको प्रमुख आतिथ्यता एवम् सचिव पारस खरेलको संचालनमा सम्पन्न भएको थियो ।
कनकाई ३ सुरुङ्गामा मुख्य कार्यालय रहेको यस क्लवले जाडोमा निशुल्क कपडा वितरण, राष्ट्रिय भलिबल खेल, प्लाष्ट्रिक झोला निषेधित नगरि घोषणा, बन्द निषेधित सुरुङ्गा लगायातका कार्यक्रममा नेतृत्वदायी भुमिका खेल्दै आएको छ । क्लव २०६७ सालमा यस क्षेत्रका युवा सुनिल भेटवालको अध्यक्षतामा सुरु भएको हो । क्लवमा डेढ सय वढी युवा आवद्ध रहेका छन ।