Kanakai Online

कनकाई कोषमा नबर्देश्वर किर्तन मण्डलीको ११ हजार


सोमवार, वैशाख २९, २०७७ |

कनकाई अनलाईन
आफ्ना नागरिकको उपचार तथा खाद्यान्न सहयोगका लागि स्थापना गरिएको कनकाई कोरोना राहत कोषमा कनकाई नर्वदेश्वर किर्तन मण्डलीले ११ हजार १ सय रुपैँया सहयोग गरेको छ ।
किर्तन मण्डलीका अध्यक्ष झलनाथ खतिवडा,सचिव सीता अधिकारीले कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेललाई उक्त रकम नगरपालिकामै गई हस्तानतरण गर्नुभएको हो ।
रकम प्राप्त गरेपछि बोल्दै नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेलले कनकाई नगरले सो रकम गरिब परिवारको राहत वितरण र स्वास्थ्यमा खर्च गरिने बताउँनुभयो ।

  कनकाई नगरपालिकाद्धारा स्थापित यस कोषमा हालसम्म ६६ लाख वढी रकम संकलन भइसकेको छ भने कनकाई नगरपालिकाभर दोस्रो  चरणको राहत वितरण सकिएको छ ।  

यस कोषमा थप सहयोग गरि महाविपत्तीमा सहयोग गर्न नगरपालिकाले सम्पुर्ण संघ संस्था, उद्योगी व्यापारी व्यावसायी स्वदेश तथा विदेशमा रहनुहुने नेपाली दाजुभाई दिदिबहिनीसमक्ष अनुरोध समेत गरेको छ ।
रकम जम्मा गर्नका लागि कनकाई नगरपालिकाको कनकाई नगर विपत व्यावस्थापन कोषको नेपाल बैँकको खाता नम्बर १४७०३००००००००५००४००२ मा जम्मा गरिदिन समेत अनुरोध गरेको छ ।

सम्बन्धित खबर