कनकाई अनलाइन
झापा,बैशाख २९।झापा गाउँपालीकाले डिल्लीराज माविमा बनाएको अस्थाई क्वारेन्टाइनबाट आज १४ जनालाई घर पठाइएको छ।उनीहरुको समयावधी पूरा भएपछी क्वारेन्टाइनबाट घर पठाइएको हो।
भैरहवाबाट आएका उनीहरुलाई क्वारेन्टाइन अवधी १४ दिन पुगेपछी RDT टेस्ट गर्दा कोभिड-१९ को संक्रमण नेगेटिभ देखिएपछी क्वारेन्टाइनबाट घर पठाएको झापा गाउँपालीकाका स्वास्थ्य साखा प्रमुख लक्ष्मण बिश्वकर्माले कनकाई अनलाइनलाई बताउनु भयो।झापा गाउँपालीकामा स्थायी बसोबास रहेका उनीहरुलाई उनीहरुको घर पठाए पनि ७ दिन सम्म होम क्वारेन्टाइनमा बस्न अनुरोध समेत गरेको बिश्वकर्माको भनाई छ।
१४ जनाको ग्रुपमा दुई जनाको भने स्वाब संकलन गरि PCR परिक्षणका लागि बिराटनगर पठाइएको स्वास्थ्य अधिकृत प्रेम न्यौपानेले बताउनु भयो।
अहिले झापा गाउँपालीकाले बनाएको डिल्लीराज माविको अस्थायी क्वारेन्टाइनमा १६ जना रहेका छन।