Kanakai Online

फ्रेडर्स ग्रुप नेपाली मंचले भारतमा अलपत्र नेपालीलाई सहयोग


सोमवार, वैशाख २९, २०७७ |

कनकाई अनलाईन
कनकाई नगरपालिकाद्धारा स्थापना गरिएको कोरोना राहत कोषमा ३६ हजार रुपैँया सहयोग गरेको फ्रेडर्स ग्रुप नेपाली मंचले भारतका बिभिन्न स्थानमा अलपत्र परेका र लक डाउनका कारण खान नपाएका नेपालीहरुका लागि नगद एक लाख भारु (नेपाली १ लाख ६० हजार रुपैँया सहयोग गरेको छ ।
झापा सुरुङ्गाबाट उक्त रकम अध्यक्ष गंगाबहादुर तामाङ्ग, उपाध्यक्ष पदम तामाङ्ग, सचिव गोविन्द सुवेदी लगायातको टोलीले सुरुङ्गाबाट उक्त रकम भारतमै रहेका आफ्ना कोषाध्यक्ष समेत रहेका बिक्रम सुब्बाका नाममा पठाएको छ । उक्त रक भारतका विभिन्न स्थानमा अलपत्र परेका नेपालीहरुलाई खाना खुवाउनका लागि प्रयोग गरिने अध्यक्ष गंगाबहादुर तामाङ्गले बताउँनुभयो । हामी त जेजस्तो खाएर भएपनि आफ्नै देशमा छौ प्रवाशी नेपालीहरुको पिडा नेपालमा बस्ने भन्दा दुखद छ हामीले विदेश भारतमा रहेका नेपालीहरुलाई केहि छाक भएपनि भात खुवाउन लागेका हौ सचिव गोविन्द सुवेदीले कनकाई अनलाईनलाई बताउँनुभयो । उक्त रकम संचका सदस्यहरुबाट संकलन गरिएको पनि सचिव सुवेदीले बताउँनुभयो ।

सम्बन्धित खबर