कनकाई अनलाईन
थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। थपिएका सबै कपिलवस्तु जिल्लाका हुन्। यससँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज विहान मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ति अनुसार काठमाडौंको प्रयोगशालामा परीक्षण गर्दा कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका ५ र बुद्धभूमि नगरपालिका ७ र १० का १० जनामा संक्रमण देखिएको हो।
संक्रमितहरुको उमेर १८ वर्षदेखि ३४ वर्षका छन्। एकजनाको उमेर नखुलेको मन्त्रालयका सह प्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन्। संक्रमितहरु सबै पुरुष हुन्।