Kanakai Online

झापा गाउँपालीकाका सिमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई उद्वार गर्न आव्यश्यक पहल गरिने।


आइतवार, वैशाख २८, २०७७ |

कनकाई अनलाइन

झापा,बैशाख २८।झापा गाउँपालीकाको आज बसेको विपद व्यवस्थापन समितिको बैठकले झापा गाउँपालीकाका सिमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई उद्वार गर्न आव्यश्यक पहल गर्ने निर्णय गरेको छ।अलपत्र परेका नेपालीहरुलाई क्वारेन्टाइन सम्म ल्याउने बाताबरण मिलाउन नेपाल सरकार तथा प्रदेस सरकार संग आव्यश्यक पहल गरिने निर्णय भएको हो।

भेलामा नेपाल भारतको सिमा क्षेत्र दसगजामा नेपालीहरु अलपत्र हुने क्रम बढेको भन्दै नेपालीहरुले दु:ख पाएको बिषयमा बहस चलेको थियो।बहसमा केन्द्र सरकारको निर्देसन अनुसार नेपालमा भएका भारतियहरु नेपालमै रहने र भारतमा भएका नेपालीहरु भारतमै रहने भनिए पनि व्यबहारिकरुपमा त्यस्तो हुन नसकेको बिषयमा चर्चा भएको थियो।नेपाल सरकारको कानुन भन्दा स्थानिय सरकार माथी नहुने भन्दै नेपाल सरकार र प्रदेस सरकार संग आव्यश्यक अनुरोध गर्ने निर्णय गरिएको झापा गाउँपालीकाका सुचना अधिकारी हिमाल मिश्रले कनकाई अनलाइनलाई बताउनु भयो।

यसका लागी सिमामा अलपत्र नेपालीहरुको उद्वार गर्दै उनीहरुको स्थायी बसोबास भएको क्वारेन्टाइन सम्म पुर्याउने वातावरण मिलाइदिन नेपाल सरकार र प्रदेस सरकार संग अनुरोध गर्ने निर्णय गरिएको झापा गाउँपालीकाका अध्यक्ष जयनारायण शाहले बताउनु भयो।यसका लागि चाहिने क्वारेन्टाइन व्यवस्थापन खर्च स्थानीय सरकारले धान्न नसक्ने भएकाले प्रदेस सरकार संग सहयोग रकम माग्ने समेत निर्णय गरिएको शाहले बताउनु भयो।

सम्बन्धित खबर