Kanakai Online

सक्तासिन दलकै बिद्यार्थीले सुरुङ्गामा सामाजिक दुरी राखेर गरे बिरोध


आइतवार, वैशाख २८, २०७७ |

कनकाई अनलाईन
सत्तासिन दल नेकपाको भातृ संगठन अनेरास्ववियुले आज सुरुङ्गा चोकमा भारतद्धारा सिमा मिचिएकोमा विरोध प्रदर्शन गरेका छन ।
भारतीयले सिमा मिचेको विरोधमा अखिलका विद्यार्थी नेताहरु उत्सव बास्तोला, नविन राई, नविन सिटौला, रविन गुप्ता, अनुप भण्डारी, कृतिका गौतम, अर्जुन चौधरी, जीवन नेपाल लगायातले भारतले मिचेको नेपाली भुभाग कालापानी, लिपुलेक लिम्पियाधुरा तत्काल छाड्नुपर्ने भन्दै चर्को नाराबाजी गरेका थिए ।

आफुहरुले सामाजिक दुरी कायम राखेरै सरकारलाई दवाव श्रृजना गर्न देशव्यापि बिरोध गरेको बिद्यार्थी नेता नविन राईले बताउँनुभयो । बिद्यार्थीले नारावाजी सहित बजार घुमेर सुरुङ्गा चौकमा कोषसभा गरेको विद्यार्थी नेता नविन सिटौलाले बताए । कार्यक्रमको संचालन अनुप भण्डारीले गरेका थिए ।

सम्बन्धित खबर