कनकाई अनलाईन
दमक नजिकै पाडाजुंगी छेउ रवि पेट्रोल पम्प अगाडि अघि साँझ भएको दूर्घटनामा एकजनाको मृत्यु भएको छ । मालवाहक ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाइकल चालको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय दमकका डिएसपी बिजयराज पंण्डितका अनुसार मृतकको साथमा चुलाचुली ४ का ३० बर्षिय रणबहादुर लिम्बु बोकेको मतदाता परिचयपत्र भेटिएको छ ।
पूर्ववाट पश्चिम तर्फ आउँदै गरेको मोटरसाईकललाई पश्चिमबाट पूर्वतर्फ जादै गरेको ना। ६ ख। ५४०१ नम्बरको ट्रकले ठक्कर दिएको थियो।
साँझ ७ बजेको समयमा भएको दूर्घटनापछि ट्रक चालक भागेको स्थानीयहरुले बताएकाछन् । लकडाउनको समयमा दैनिक उपभोग्य सामाग्री नबोकेको गाडि समेत खुलमखुल्ला हिडेको र लापरवाहीका कारण दुर्घटना भएको बताईन्छ ।
प्रभावकारी न्युज बाट