कनकाई अनलाइन
झापा,बैशाख २६।झापा गाउँपालीकाले डिल्लीराज माविमा बनाएको अस्थायी क्वारेन्टाइनमा २६ जनालाई राखिएको छ।देस तथा विदेसका विभिन्न ठाउँबाट झापा गाउँपालीका प्रबेस गरेकालाई क्वारेन्टाइनमा राखिएको हो।
भारतको दरबंगाबाट आएका १० पुरुषहरु मध्ये ६ जनालाई उनीहरुको स्थायी ठेगानामा सवन्धित नगरपालिकाका स्वास्थ्य साखा प्रमुखहरु संग समन्वय गरि सवन्धित नगरपालीकाका अस्थायी क्वारेन्टाइनमा पठाइएको झापा गाउँपालीकाका स्वास्थ्य साखा प्रमुख लक्ष्मण बिश्वकर्माले कनकाई अनलाइनलाई बताउनु भयो।जस मध्ये मेची नगरपालीकाका १ जना,कनकाई नगरपालीकाका १ जना,बिर्तामोड नगरपालीकाका १ जना,बाह्रदसी गाउँपालीकाका १ जना र शिवसताक्षी नगरपालीकाका २ जना रहेको बिश्वकर्माले बताउनु भयो।
बाँकी नेपाल तथा भारतका विभिन्न ठाउँबाट झापा गाउँपालीका प्रबेस गरेकालाई क्वारेन्टाइनमा राखिएको छ।
हाल डिल्लीराज माविमा २६ जना क्वारेन्टाइनमा रहेका छन भने झापा गाउँपालीका भित्र ६७ जना होम क्वारेन्टाइनमा रहेका छन।होम क्वारेन्टाइनमा रहेकालाई पनी नियमित स्वास्थ्य परिक्षण गर्दै गरिएको बिश्वकर्माको बताउनु भयो।