कनकाई अनलाईन
आफ्ना नागरिकको उपचार तथा खाद्यान्न सहयोगका लागि स्थापना गरिएको कनकाई कोरोना राहत कोषमा कनकाई छठ सेवा समाजले नगद २१ हजार सहयोग गरेको छ । समाजका अध्यक्ष सुरेन्द्र प्रधान, बरिष्ठ उपाध्यक्ष राजकिशोर चौधरी, उपाध्यक्ष बिजय शर्मा, महासचिव राजकुमार शाह लगायातले कनकाई नगरपालिकाको कार्यालयमै गई सो रकम कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेललाई प्रदान गर्नुभयो ।
रकम प्राप्त गरेपछि बोल्दै नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेलले कनकाई नगरले राहत र औषधि उपचारमा उक्त सहयोग रकम खर्च गरिने बताउँनुभयो । यसअघि छठ सेवा समाजले झापा गाउँपालिकालाई समेत १५ हजार रुपैँया सहयोग गरेको थियो । हस्तानतरण कार्यक्रममा बोल्दै छठ पुजा समाजका अध्यक्ष प्रधानले समाजले छठ पुजा मात्रै नगरेर समाजलाई आइपरेको बेला जस्तोसुक्कै सहयोग गर्न पछि नपर्ने बताउँनुभयो ।
कनकाई नगरपालिकाद्धारा स्थापित यस कोषमा हालसम्म ६६ लाख वढी रकम संकलन भइसकेको छ भने कनकाई नगरपालिकाभर पहिलो चरणको राहत वितरण सकाएर दोस्रो चरणको राहत सुरु गरिसकिएको छ ।
यस कोषमा थप सहयोग गरि महाविपत्तीमा सहयोग गर्न नगरपालिकाले सम्पुर्ण संघ संस्था, उद्योगी व्यापारी व्यावसायी स्वदेश तथा विदेशमा रहनुहुने नेपाली दाजुभाई दिदिबहिनीसमक्ष अनुरोध समेत गरेको छ ।
रकम जम्मा गर्नका लागि कनकाई नगरपालिकाको कनकाई नगर विपत व्यावस्थापन कोषको नेपाल बैँकको खाता नम्बर १४७०३००००००००५००४००२ मा जम्मा गरिदिन समेत अनुरोध गरेको छ ।