कनकाई अनलाइन
झापा,बैशाख २४।पछिल्लो समय झापा गाउँपालीका-६ का किसान तेलमा आत्मनिर्भर बन्दै गएका छन।यहाँका प्रत्येक किसानले आफुलाई बर्षभरी खान पुग्ने तेल उत्पादन गर्न सुर्यमुखी फूल खेती गरेर तेलमा आत्मनिर्भर बनेका हुन।
भृकुटी चौक निवासी बलबहादुर भण्डारीले ५ कट्ठा क्षेत्रफलमा सुर्यमुखी फूलको खेती गरेको भन्दै आफ्नो परिवारलाई बर्ष भरी तेल खान पुग्ने बताउनु भयो।त्यस्तै यहाँका अर्का किसान दुर्गाबहादुर बिस्टले ७ कठ्ठा क्षेत्रफलमा सुर्यमुखी फूलको खेती गर्नुभएको छ।आफुलाई बर्षभरी तेलको कुनै दु:ख नहुने बताउनु भयो।उहाँका अनुसार सजिलो खेती र तेल पनि मनग्गे उत्पादन हुने भएकाले सुर्यमुखी फूल खेती गर्न कुनै झन्झट नहुने भनाइ छ।बिस्टले फूल खेती गरिएपनी यति खेर सुगाँले भने अलिक दु:ख दिने बताउनु भयो।
त्यस्तै अर्का किसान खगेन्द्र दँगाल सुर्यमुखी फूलको तेल स्वास्थ्यका लागि समेत लाभदायक हुने बताउनु हुन्छ।यहाँका अर्का किसान डिल्लीप्रसाद चापागाईंले पनि फूल खेती गर्नुभएको छ।ग्यास्टृकका बिरामीलाई फूलको तेलले कुनै असर नगर्ने बताउनु हुन्छ।
त्यस्तै अर्का किसान गोपाल तामाङले पानीका कारण पहिलो पटक लगाएको फूल नउम्रे पछी अर्को पटक रोपेको भन्दै फूल खेती तेलका लागि एकदमै राम्रो हुने बताउनु हुन्छ।तोरीको तेल भन्दा फूलको तेल राम्रो हुनाले अचेल आफुले तोरी रोप्न छोडेको बताउनु भयो।
झापा गाउँपालीका-६ का प्राय सबै किसानले आफुलाई खान पुग्ने तेल उत्पादनका लागि सुर्यमुखी फूलको खेती गरिएको पाइएको छ।यहाँको जमिनमा करिब पचासौं बिघाह क्षेत्रफलमा फूल खेती गरिएको छ।