कनकाई अनलाइन
झापा,बैशाख २२।झापा गाउँपालीकालाई उज्यालो गाउँपालीका बनाउने लक्ष्य लिएको गाउँपालीकाले विद्युत घर-घरमा पुर्याउने अभियानका साथ पोल गाड्न सुरु गरेको छ।मुलुकमा लकडाउन सुरु भएको ४१ दिन बितिसके पछी गाउँपालीकाले पोल गाड्न सुरु गरेको हो।
झापा गाउँपालीका-३ मा रहेको गैरी गाउँ झाटी र रंगपुरमा हिजो तेह्रवटा पोल गाडिएको झापा गाउँपालीका-३ का कार्यपालीका सदस्य टीका बिश्वकर्माले कनकाई अनलाइनलाई बताए।सामाजिक दुरी कायम गरि सात जना कामदारहरुबाट पोल गाडिएको र वडा तिनमा ३५ वटा पोल आएकाले उक्त पोल सबै गाडिसक्ने बिकको भनाई छ।
गत बैशाख १६ गते जिल्ला स्तरिय कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार समन्वय तथा अनुगमन समितीको बैठकबाट लकडाउन यथावत राख्दै बिकास निर्माणका काम सुचारु गर्न निर्णय भए अनुसार गाउँपालीकाले विद्युतका लागि पोल गाड्न सुरु गरेको झापा गाउँपालीकाका अध्यक्ष जयनारायण शाहले बताए।