Kanakai Online

मदरगाछ्मा सवैको PCR रिपोर्ट नेगेटिभ।


सोमवार, वैशाख २२, २०७७ |

कनकाई अनलाइन

झापा,बैशाख २२।झापा गाउँपालीका-७ मा पर्ने मदरगाछमा तीन जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ।

बाह्रदसी गाउँपालीका-४ का एक पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टी भइसकेपछी उक्त संक्रमित पुरुष मदरगाछमा पनि आएका थिए भन्ने स्थानियको भनाई अनुसार झापा गाउँपालीकाको स्वास्थ्यटोली त्यहाँ पुगेको स्वास्थ्य साखा प्रमुख लक्ष्मण बिकले कनकाई अनलाइनलाई बताए।

१४ दिन पछी RDT परिक्षणले काम नगर्ने भएकाले आसंका गरिएका तिनजनाको गत बुधबार स्वाब संकलन गरि बिराटनगर पठाइएको थियो।

रिपोर्ट नेगेटिभ आए पनि मदरगाछ एरिया कोरोना संक्रमणबाट केही ढुक्क भए पनि पुर्णतया ढुक्क नहरेको बिकको भनाई छ।झापा गाउँपालीकाले सबैलाई घरमै सुरक्षित रही लकडाउनको पालना गर्न समेत आग्रह गरेको छ।

सम्बन्धित खबर