कनकाई अनलाईन
कोरोनाका कारण अस्पतालहरुले गेटबाटै बिरामी फर्काइरहेको वेला बालरोग विशेषज्ञ डाक्टर दिपकराज पौड्याल भने झापाका प्रत्येक गाउँ गाउँमा गएर फार्मेसी तथा अस्पतालहरुमा विरामी जाँची रहनुभएको छ ।
आफ्नो सुरक्षा उपाय अपनाएर डाक्टरले विरामी जाँच नगरिदिने हो भने कोरोना त्रास भन्दा अन्य विरामीका कारण थप संकट आउने डाक्टर पौड्यालको भनाई छ ।
त्यसो त डाक्टरले विरामी जाँच्ने नजाच्ने भन्ने आफ्नो स्वतन्त्रताको कुरा भएको मान्नुहुने डाक्टर पौड्याल स्वतन्त्रता भन्दापनि आवश्यकताका आधारमा डाक्टरले चल्नुपर्ने डाक्टर पौड्यालको जोड छ । अस्तर अस्पताल बाह्रदशीका प्रमुख समेत रहनुभएका डाक्टर पौड्यालले अस्पताल बाहेक काँकडभिट्टा देखि दुधेसम्मका क्लिनिकहरुमा स्वास्थ्य सेवा पुर्याइरहनुभएको छ । उहाँ अहिले कोरोना संकटका बेला पनि किरण मेडिकलहल काँकडभिट्टादेखि लिएर तेजश्वी क्लिनिक, हलेसी , भरोसा, सुरुङ्गा मेडिसिन सुरुङ्गा, पुजादेवि क्लिनिक लगायातका दर्जन क्लिनिकमा पुगेर दैनिक वालवच्चाहरुको स्वास्थ्य जाँच र औषधि सिफारिस गरिरहनुभएको छ ।
हाल अस्पतालले समेत उपचार गर्न नमानिरहेको तथा इमेरजेन्सी बाहेकका अन्य सेवा समेतत बन्द गरेको वेला डाक्टर पौड्यालले कोरोनाका कारण लकडाउन भएयताको समयमा करिव एक हजारजना विरामी वच्चाले सेवा लिएका छन । जसमा नवजात शिशुको सम्पुर्ण सेवा ज्वरो भाइरल ज्वरो, निमोनिया , टाइफाइड, रक्तअल्पता, झाडापखाला, पिनास, एकमहिना भन्दा सानो वच्चामा हुने जन्डिस, बच्चामा हुने पिसावको समस्या लगायातका समस्याहरुका वच्चाहरु पुरै निको भएको तथा कतिपय वच्चाहरु फ्लोअपमा आउने गरेको सुरुङ्गा मेडिसिनका प्रोपाइटर यज्ञराज कार्काीले बताउँनुभयो । दैनिक डाक्टर पौड्यालले घरगाउँकै क्लिनिकमा आएर उपचार दिन थालेपछि अस्पतालले भर्ना नलिएका विरामीहरुका लागि डाक्टर पौड्याल भगवान हुनुभएको विरामीहरुका आफ्न्तहरुको भनाई छ ।
डाक्टर पौड्याल बाह्रदशी क्षेत्रको क्वारेन्टाइनको समेत नियमित निरिक्षण तथा उपचारमा खटिनुभएको छ । बाह्रदशीमा भेटिएका एक पुरुषलाई कोरोनामा समेत डाक्टरकै सल्लाहबमोजिम चेक गरेर पहिचान हुन पाएको हो । आफुले भनेजसरी सुरुमै ती बाह्रदशीका नागरिकको परिक्षण गरिदिएको भए यत्रो संत्रास नहुने डाक्टरको दावी छ । बाह्रदशीमा उहाँको आफ्नै अस्तर अस्पताल समेत रहेको छ ।
सुरुङ्गास्थित सुरुङ्गा मेडिसिनमा विरामी चेक जाँच गर्दै डाक्टर पौड्याल तस्वीर लीलाराज झापाली ÷कनकाई अनलाईन