कनकाई अनलाइन
झापा,बैशाख २०।इलाका प्रहरी कार्यालय कुमरखोदले सिचाईं मोटर(पानी तान्ने पम्प) चोरी गर्ने गिरोहलाई पक्राउ गरेको छ।
गिरोहलाई पक्राउ गर्ने क्रममा ५ जनालाई अनुसन्धानका लागि थुनामा राखेको प्रहरीले जनाएको छ।पक्राउ पर्नेमा कनकाई नगरपालीका-५ का बर्ष १९ का सुजन मण्डल,सोही वडाका बर्ष २३ का मनोज रिसीदेव,सोही वडाका बर्ष २३ का सुमन गुरुङ,झापा गाउँपालीका-६ का बर्ष २४ का नगरदिप मण्डल र गौरीगञ्ज नगरपालीका-१ का बर्ष २४ का बुरुस्ली भनेर चिनिने गणेश यादव रहेका छन।
प्रहरीले कसरी थालेको थियो अनुसन्धान?
बिगत केही साता देखि सिलसिलेवाररुपमा खेतमा पानी पटाउने मोटर चोरी भए पछी स्थानिय आजित बनेका थिए।सिचाईं गर्ने मोटरनै रातारात चोरी भएपछी स्थानियले प्रहरी गुहार्न पुगे।अब सुरु भयो इप्रका कुमरखोदको स्ट्रीङ अप्रेसन।जसमा प्रहरी नायव निरिक्षक मानबहादुर जिम्बा सहितको टोली थियो।
प्रहरीले मोटर चोरी गर्ने आरोपीहरुलाई विभिन्न सुराखी र लेनदेनको किचलो भएपछी स्थानियको सहयोगमा नियन्त्रणमा लिन सफल भयो।हप्ता दिन लामो अनुसन्धानका क्रममा प्रहरीले ५ जनालाई पक्राउ गरि ९ थान सिचाईँ मोटर बराबद गर्न पनि सफल भयो।थप अनुसन्धान जारी रहेकाले आरोपी बढ्न सक्ने पनि प्रहरीले जनाएको छ।
त्यति मात्र होइन अनुसन्धानकै क्रममा प्रहरी सामू चोरी भएको मोटर किन्नेको पनि नाम आयो।मोटर किन्ने व्याक्तीहरु शिवसताक्षी नगरपालीका-७ का तोता राजबंशी,कनकाई नगरपालीका-५ का सोमनाथ मैनाली,सोही वडाका मोहन शाह र बेनु चिमरिया थिए।रोचक कुरा चोरी भएका मोटर पनि किन्ने व्याक्तीहरु बाटै बरामद गर्न प्रहरी सफल भयो।प्रहरीले चोरीको मोटर राजबंशीको घरबाट ३ थान,मैनालीकाबाट १ थान,शाहका बाट १ थान,चिमरियाका बाट १ फेला पार्यो।बाँकी २ थान आरोपित ब्याक्तीहरु बाटै र १ थान माटोमा गाडिएको अबस्थामा भेटायो।
स्थानीयको दबाब
पिडितहरुले प्रहरीलाई आरोपीहरुले चोरी गरेको कवुलेको हुनाले आरोपीलाई कानुन अनुसार सजाय दिन दबाब दिएका छन।चोरी गर्ने चोरीका सामान किन्ने दुबै अपराधी हुन भन्दै दुबैपक्षलाई कानुन अनुसार कारबाही गर्न प्रहरी समक्ष अनुरोध गरेका छन।यस्ता घटना फेरि पनि समाजमा दोहोरिन नदिन सजाय अपरिहार्य भएको बताएका छन।
पिडितहरु को को हुन?
झापा गाउँपालीका-३,६ र ७ मा गरेर ११ थान सिचाईं मोटर हराएको इप्रका कुमरखोदमा निवेदन आएको छ।कुल २१ निवेदक मध्ये पसल चोरी,रड चोरी,साइकल चोरीका निवेदन परेका छन।
जसमा टिकाराम पाठक,यमनाथ भट्टराई,लेखनाथ कट्टेल,रामप्रसाद मैनाली,भिमप्रसाद पाठक,बेनु बिमली,मोतीराम मुण्डा,बलप्रसाद सापकोटा,प्रेम दाहाल,इन्द्रबहादुर थापा र श्याम कर्मकारको सिचाईं मोटर चोरी भएको छ।इन्द्रबहादुर डाँगी र टीका श्रेष्ठको साइकल चोरी भएको छ।राधाकृष्ण मन्दिरको रड नी गायब छ भने यामनाथ भट्टराईको गृल चोरी भएको छ।पंकज मण्डलको कल चोरी भएको छ।पवित्र राजबंशी,हरादन दत्त र मोहन गणेशको पसल चोरी भएको निबेदन छ।एकनारायण गणेशको घरचोरी भएको छ।
लकडाउनमा चोरको बिगबिगी भएपछी प्रहरीलाई दबाब
लकडाउनको यो समयमा झापा गाउँपालीकामा केही साता देखि चोरको बिगबिगी भएपछि यहाँका प्रहरीलाई अर्को चुनौती थपिएको छ।चोरी भएका २१ निबेदनमा मोटर देखि लिएर पसल,रड इत्यादी चोरी भएका निवेदन इप्रकामा आएपछी प्रहरीलाई चुनौती माथी चुनौती थपिएको हो।५ पक्राउ गरेर अनुसन्धान गरे पनि यी सबै चोरीको जिम्बेवार गिरोह यसकै हो कि?अर्को गिरोह पनि सक्रिय छ भन्ने प्रहरीको अझै थप अनुसन्धानकै क्रममा छ।
अहिले सम्म अनुसन्धानबाट पत्ता लागेको चोर्ने आरोपी र चोरीको सामान किन्ने ब्याक्ती दुबै पक्षलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चन्द्रगडी पठाइने इप्रका कुमरखोदका प्रहरी नायव निरिक्षक मानबहादुर जिम्बाले कनकाई अनलाइनलाई बताए।