कनकाई अनलाईन
कनकाई नगरपालिका घाग्रा खोलादेखि कनकाई माई सम्मका राजमार्गमा रहेका जोखिमयुक्त रुखहरु लक डाउनकै बेला हटाइने भएको छ ।
दुर्गापुर क्षेत्रका दुई सय पचास नागरिकले सडक किनारामा रहेको विद्युत पोलमा सटेका रुखहरुका कारण दुर्घटना बढेको र मानविय तथा भौतिक क्षति हुनसक्ने भन्दै हटाउन माग गर्दै कनकाई नगरपालिकामा ज्ञापन पत्र बुझाएपछि जिल्लाबाट आएको जिल्ला जाँचबुझ तथा अनुगमन समितिका संयोजक डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेको नेतृत्वको टोलीले कनकाई नगरपालिकाको घाग्रा खोलादेखि कनकाई माईपुलसम्मको सडकका रुखहरु पैदलै हिडेर अनुगमन गरेको हो । अनुगमनमा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल , कनकाई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रुद्रबहादुर न्यौपाने , जिल्ला मालपोत कार्यालय , सडक, कनकाई सव डिभिजन वन कार्यालयका रेन्जर राजेश घिमिरे लगायातको सहभागिता रहेको थियो । अनुगमन तथा जाँचबुझ समितिले यस क्षेत्रका काट्नुपर्ने ६२ ओटा रुखलाई छनौट गरेको थियो । जसमा तत्काल सो क्षेत्रका २६ रुखलाई तत्कालै हटाउने निर्णय गरेको कनकाई सव डिभिजन वन कार्यालयका रेन्जर राजेश घिमिरेले कनकाई अनलाईनलाई बताउँनुभयो ।
केहिदिन पहिले कनकाई नगरपालिका स्थित दुर्गापुर क्षेत्रको विद्युत पोलमा सटेका दुर्घटनायुक्त अग्ला रुखहरु हटाउन सुरु गर्दा स्थानीय केही व्याक्तिले चर्को विरोध गरेपछि केहि दिनका लागि रुख हटाउने काम रोकिएको थियो । अब तत्कालै दुर्गापुर आसपास र अन्य गरि २६ रुखहरु हटाइने वन कार्यालयले जनाएको छ ।
फोटो ः कनकाई नपा सडकमा रहेका रुखहरुको अनुगमन गर्दै डिभिजन वन प्रमुख घिमिरेसहितको टोली र तत्काल रुख हटाउन माग गर्दै ज्ञापन पत्र बुझाउदै सर्वसाधरण कनकाई नगरपालिकामा तस्वीर ः लीलाराज झापाली÷कनकाई अनलाईन