Kanakai Online

झापा र कनकाईको सिमानामा बासको ढाँट।


शुक्रवार, वैशाख १९, २०७७ |

कनकाई अनलाइन

झापा,बैशाख १९।झापा गाउँपालीका र कनकाई नगरपालीकाको सिमानाको मुख्य सडक अमरपथ राजमार्गमा बासको ढाँट लगाइएको छ।

कनकाई नगरपालीका-५ को वडाकार्यालयको निर्णानुसार ढाँट लगाइएको ढाँट निरिक्षण गर्न बसेका स्थानिय सदिक आलमले कनकाई अनलाइनलाई बताए।

उत्तरमा महेन्द्र राजमार्ग दक्षिणमा नेपाल भारत सिमा लसुना सम्म पुग्ने मुख्य सडक अमरपथ राजमार्गमै बासको ढाँट लगाएपछी अत्यावश्यक सवारीसाधन,खाद्यान्न बोकेको गाडी,कर्मचारी,स्वास्थ्यकर्मी,सुरक्षाकर्मी,पत्रकार,एम्बुलेन्स आदीलाई मात्र सडक पार गर्न दिइएको आलमले बताए।

कोभिड-१९ को संक्रमण फैलन नदिन बिगत तीन दिन अगाडि देखि झापा गाउँपालीका-६ र कनकाई नगरपालीका-५ को सिमामा उक्त ढाँट लगाएर आंँफू नियमित बिहान छ बजे देखि बेलुका छ बजे सम्म मानिसको आवतजावतको निरिक्षण गरिरहेको आलमको भनाई छ।

सम्बन्धित खबर