Kanakai Online

प्रथम बहुदेश्यीय सहकारीबाट झापा राहत कोषमा १३० बोरा मुरै।


बिहिवार, वैशाख १८, २०७७ |

कनकाई अनलाइन

झापा,बैशाख १८।झापा गाउँपालिकाले कोरोना महामारीवाट अाफ्नो गाउँपालिकाका नागरिकहरुलाई सहयोग गर्न वनाएको कोरोना राहत कोषमा प्रथम बहुदेश्यीय सहकारी संस्था लिमिटेडले १३० बोरा मुरै सहयोग गरेको छ।संस्थाको शरणामतीमा रहेको साखाले उक्त सहयोग गरेको हो।

झापा गाउँपालिकाको कोरोना राहत कोषमा रकम जम्मा हुने क्रम जारी छ । यस कोषमा थप सहयोग गर्न  गाउँपालिकाले सम्पूर्ण संघ सस्था , उधोगी ,व्यापारी व्यावसायी , स्वदेश तथा विदेशमा रहनु हुने नेपाली दाजुभाइ , दिदिबहिनी समक्ष अनुरोध समेत  गरेको  छ ।

रकम प्रदान गर्दा आव्यश्यक पर्ने खाता एनआइसी एसीयाको झापा बजारमा रहेको साखाबाट खोलीएको k2CA051251452406 नम्बरको खाता रहेको छ।


सम्बन्धित खबर