Kanakai Online

कनकाईका दुई निर्माण सेवाद्वारा झापा राहत कोषमा २० हजार १ सय।


सोमवार, वैशाख १५, २०७७ |

कनकाई अनलाइन

झापा,बैशाख १५।झापा गाउँपालिकाले कोरोना महामारीवाट अाफ्नो गाउँपालिकाका नागरिकहरुलाई सहयोग गर्न वनाएको कोरोना राहत कोषमा कनकाई नगरपालीका-३ र ५ मा रहेका ALX कन्ट्रक्सन र रुद्रमुखी निर्माण सेवाले संयुक्तरुपमा बीस हजार एक सय रुपैयाँ सहयोग गरेका छन।

एक विशेष कार्यक्रमका विच निर्माण सेवाका प्रोपाइटर डम्बर फुयँल र अन्जेश उप्रेतीले उक्त रकम गाउँपालीकाका अध्यक्ष जयनारायण शाहलाई हस्तान्तरण गर्नुभयो।रकम हस्तान्तरण गर्दै यो विपदको घडीमा झापा गाउँबासीलाई केही राहत होस भनी आफ्नो कम्पनीले उक्त सहयोग गरेको दाताहरुले कनकाई अनलाइनलाई बताउँनु भयो।

झापा गाउँपालिकाको कोरोना राहत कोषमा रकम जम्मा हुने क्रम जारी छ । यस कोषमा थप सहयोग गर्न  गाउँपालिकाले सम्पूर्ण संघ सस्था , उधोगी ,व्यापारी व्यावसायी , स्वदेश तथा विदेशमा रहनु हुने नेपाली दाजुभाइ , दिदिबहिनी समक्ष अनुरोध समेत  गरेको  छ ।

रकम प्रदान गर्दा आव्यश्यक पर्ने खाता एनआइसी एसीयाको झापा बजारमा रहेको साखाबाट खोलीएको k2CA051251452406 नम्बरको खाता रहेको छ।

सम्बन्धित खबर