कनकाई अनलाइन
झापा,बैशाख १४।झापा गाउँपालिकाले कोरोना महामारीवाट अाफ्नो गाउँपालिकाका नागरिकहरुलाई सहयोग गर्न वनाएको कोरोना राहत कोषमा कनकाई नगरपालिका-३ सुरुङ्गा निवासी शम्भु शाहले एघार हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।
शाहले अाफ्नो पसल अगाडि नै उक्त सहयोग रकम झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहलाई हस्तान्तरण गर्नुभयो।यो विपदको घडीमा झापा गाउँपालीकाका विपन्न गाउँबासीलाई केही राहत होस भनी आफुले स्वच्छाले उक्त सहयोग गरेको शाहले कनकाई अनलाइनलाई बताउँनु भयो।सहयोगी दातालाई अध्यक्ष शाहले धन्यबाद प्रदान गर्नुभयो।
शाह सुरुङ्गामा रहेको शुभम मेडिसिनका संचालक समेत रहनु भएको छ।
झापा गाउँपालिकाको कोरोना राहत कोषमा रकम जम्मा हुने क्रम जारी छ । यस कोषमा थप सहयोग गर्न गाउँपालिकाले सम्पूर्ण संघ सस्था , उधोगी ,व्यापारी व्यावसायी , स्वदेश तथा विदेशमा रहनु हुने नेपाली दाजुभाइ , दिदिबहिनी समक्ष अनुरोध समेत गरेको छ ।
रकम प्रदान गर्दा आव्यश्यक पर्ने खाता एनआइसी एसीयाको झापा बजारमा रहेको साखाबाट खोलीएको k2CA051251452406 नम्बरको खाता रहेको छ।