कनकाई अनलाई
१४ वैशाख, काठमाडौं । लकडाउनलाई निरन्तरता दिने विषयमा निर्णय गर्न मन्त्रिपरिषद् बैठक आइतबार बस्ने भएको छ । यसअघि सरकारले घोषणा गरेको लकडाउनको समयावधि सोमबार सकिँदै छ ।
यसअघि शनिबार बसेको कोभिड(१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको कार्यदलले लकडाउन एक साता थप गर्नुपर्ने राय दिएको थियो । लकडाउन प्रभावकारी भएकै कारण कोरोना नियन्त्रण प्रयास सही ट्र्याकमा रहेको निष्कर्ष कार्य दलले निकालेको थियो ।
यद्यपि बैठकमा केही हिमाली जिल्लामा लकडाउन खुला गर्ने, क्षेत्रगत रुपमा खुकुलो बनाउने लगायतका विकल्पका बारेमा समेत छलफल भएको थियो ।
मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजे बस्ने तय भएको छ ।