कनकाई अनलाईन
कनकाई नगरपालिका ३ सुरुङ्गा निवासी सम्भु शाह र श्रीमती ममता शाहले यस क्षेत्रका ३ पत्रकारलाई एन नाइन्टिन फाइफ मास्क सहितको सुरक्षा सामाग्री प्रदान गर्नुभएको छ ।
सम्भु शाह प्रदेश सरकारको आपुर्ति व्यावस्थापन केन्द्रको प्रमुख तथा सुभम मेडिसिन सेन्टर सुरुङ्गाका संचालक समेत रहनुभएको छ ।
शाह दम्पत्तीले पत्रकार महासंघ झापाका कार्यसमिति सदस्य लीलाराज झापाली , प्रेस क्लव कनकाईका संस्थापक अध्यक्ष तीर्थराज खरेल तथा प्रेस क्लवका अध्यक्ष रामप्रसाद निरौलालाई एन नाइन्टिन मास्क, सेनेटाइजर, ग्लोब , सर्जिकल मास्क लगायातको १० हजार मुल्य बराबरको सुरक्षा सामाग्री आज हस्तानतरण गर्नुभएको हो ।
शाह दम्पतीले आफ्ना दिवंगत पिता तथा यस क्षेत्रका पुराना होटल व्यावसायी विश्वनाथ शाहको प्रथम बार्षिक पुण्यतिथिको अवशर पारेर समेत पत्रकारलाई सुरक्षा सामाग्री प्रदान गर्नुभएको हो । सुरक्षा सामाग्री पाएपछि देश र जनताको सहि सुचनाको पहेरदारी गर्न तथा राहत लगायातका अत्यावश्यीय काममा हिड्न सजिलो भएको पत्रकार महासंघका कार्यसमिति सदस्य तथा कनकाई अनलाईनका सम्पादक प्रकाशक लीलाराज झापालीले बताउँनुभयो ।
यसअघि झापा गाउँपालिका तथा कनकाई नगरपालिकाका सक्रिय पत्रकारलाई युवा समाजसेवी लीलाप्रसाद चिमरियाले ३ थान पिपिई सेट प्रदान गरिसक्नुभएको छ । यसैगरि सुरुङ्गाका अन्य मेडिसिन सेन्टरहरु प्रधान मेडिसिन सेन्टर, सुरुङ्गा मेडिसिन सेन्टर, न्युरो फामेर्सी लगायातबाट समेत अत्यावश्यीय सुरक्षा सामाग्रीहरु यस क्षेत्रका पत्रकारलाई हस्तानतरण गरिसक्नुभएको छ ।