Kanakai Online

झापा गाउँपालीकामा नियमित खोप अभियान जारी।


शुक्रवार, वैशाख १२, २०७७ |

कनकाई अनलाइन

झापा,बैशाख १२।विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस(कोभिड-१९)ले प्रभाव पारेको नियमित खोपलाई झापा गाउँपालीकाले विशेष सतर्कताका साथ हिजो देखि सुरु गरेको छ।

यस नियमित खोप अभियान बैशाख ११ गते देखि १५ गते सम्म चल्ने स्वास्थ्य अधिकृत प्रेम न्यौपानेले बताउँनु भयो।हिजो देखि संचालन गरिएको नियमित खोप झापा गाउँपालीकाका विभिन्न वडाका लगभग ८७ जना बच्चाहरुलाई लगाइएको र लगभग ३७ जना गर्भवती महिलालाई TD खोप लगाइएको स्वास्थ्य अधिकृत न्यौपानेले बताउँनु भयो।

झापा गाउँपालीकाले छ जना सकृय स्वास्थ्यकर्मी र थप सहयोगी स्वास्थ्यकर्मी समेतलाई परिचालन गरि नियमित खोप अभियानलाई जारी राखेको छ।वडाका तोकीएका खोप केन्द्रमा सुरक्षाकर्मीको समन्वयमा भिडभाड हुन नदिइ खोप अभियान जारी रहेको न्यौपानेले बताउँनु भयो।