कनकाई अनलाईन
झापा गाउँपालिकाका एकमात्र सक्रिय संचारकर्मी केशव चापागाईलाई सुरुङ्गास्थित न्युरो फार्मेसीले सुरक्षा सामाग्री प्रदान गरेको छ ।
राहत वितरण सहयोग संकलनदेखि झापा तथा कनकाई नगरपालिकाक्षेत्रमा निरन्तर खटिनुभएका पत्रकार तथा युटुभर चापागाईँलाई न्युरो फार्मेसी सुरुङ्गाको तर्फबाट सेनेटाइजर, मास्क र ग्लोब प्रदान गरिएको न्युरो फामेर्सीका संचालक सरोजकुमार ठाकुरले बताउँनुभयो ।
स्वास्थ्य सामाग्री पाएपछि काममा लाग्न सजिलो भएको पत्रकार चापागाईँले बताउँनुभयो । चापागाई कनकाई अनलाईनका प्रधान सम्पादक रहनुभएको छ ।