Kanakai Online

झापा गाउँपालीका विपद व्यवस्थापन समितिको बैठकले गर्यो यस्तो निर्णय।


मङ्गलवार, वैशाख ९, २०७७ |

कनकाई अनलाइन

झापा,बैशाख ९।झापा गाउँपालीकाको आज बसेको विपद व्यवस्थापन समितिको बैठकले किसानहरुले उत्पादन गरेको कृषीजन्य सामग्रीलाई आफ्नो घर सम्म लेउन ट्याक्टर प्रयोग गर्न सकिने निर्णय गरेको छ।गाउँपालीकाका अध्यक्ष जयनारायण शाहको अध्यक्षतामा बसेको भेलाले उक्त निर्णय गरेको हो।

भेलाले झापा गाउँपालीकाको प्रकोप व्यवस्थापन कोषमा सहयोग गर्ने सबै दाताहरुलाई धन्यबाद दिदै यस विपदको घडीमा क्रियाशिल भई लाग्ने स्वास्थ्यकर्मी,सुरक्षाकर्मी,जनप्रतिनिधिहरु,नागरिक समाज,राजनितिक दल,नेपाल रेडक्रस सोसाइटी लगायत सम्पुर्ण नागरिकहरुलाई धन्यबाद प्रदान गरेको छ।

भेलाले सामाजिक सुरक्षा भत्ता यस विषम परिस्थितिलाई मध्यनजर गर्दै वडाध्यक्ष लगायत जनप्रतिनिधि र वडा कर्मचारीले एनआइसी एसिया बैंक संग समन्वय गरि वितरण गर्ने निर्णय गरेको छ।भेलाले झापा गाउँपालीकाका विभिन्न वडा तथा गाउँमा लगाइएका अनाधिकृत ढाँट तथा अवरोधहरु हटाउने निर्णय गरेको छ।

भेलाले दैनीक अत्यावश्यक वस्तुहरु जस्तै दाल,चामल,नुन,तेल,सब्जी,दूध लगायतका किराना पसलहरुमा सामाजिक दुरी कायम गरि सुरक्षा निकायको निर्देशनमा संचालन गर्न पाइने समेत निर्णय गरेको छ।भेलाले विपदको समयमा भएको आयव्ययको हिसाब गरि भुक्तानी हुन बाँकी रकम भुक्तान गर्न सिघ्र व्यवस्थापन गर्ने निर्णय गरेको छ।

झापा बजारमा रहेको डिल्लीराज माविमा आज बसेको विपद व्यवस्थापन समितिको बैठकमा कोरोना प्रकोप व्यवस्थापन समितीका सदस्यहरु,राजनितिक दलका प्रतिनिधीहरु,नागरिक समाज,वडाध्यक्षहरु,जनप्रतिनिधीहरु,गाउँपालीका कार्यालयका कर्मचारीहरु,नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिहरु,स्वास्थ्यकर्मी,सुरक्षाकर्मी लगायतको उपस्थिती रहेको थियो।

सम्बन्धित खबर