Kanakai Online

झापा गाउँपालीकाले हाल सम्ममा ५,८६५ घरपरिवारलाई गर्यो राहत वितरण।


सोमवार, वैशाख ८, २०७७ |

कनकाई अनलाइन

झापा,बैशाख ८।झापा गाउँपालीकाले आफ्ना विपन्न गाउँबासीलाई धमाधम दिइरहेको राहत वितरण कार्यलाई आज सम्म पनी जारी राखेको छ।गत चैत २१ गते देखी सुरु गरिएको राहत वितरण कार्यलाई आज सम्म पनि निरन्तरता दिइएको हो।

आफ्ना गाउँपालीकामा रहेका सम्पुर्ण विपन्न  घरपरिवारलाई राहत वितरण गर्ने लक्ष्य लिएको गाउँपालीकाले आज सम्ममा त्यस्ता ५,८६५ विपन्न परिवारलाई राहत वितरण गरिसकेको छ।वडा नम्बर-१ मा ११६० घर,वडा नम्बर-२ मा ८३८ घर,वडा नम्बर-३ मा १०५३ घर,वडा नम्बर-४ मा ११४१ घर,वडा नम्बर-५ मा ८६० घर,वडा नम्बर ६ मा ४४३ घर र वडा नम्बर-७ मा ३७० घर गरेर आज सम्ममा कुल ५,८६५ घरपरिवारलाई राहत वितरण गरिएको झापा गाउँपालीकाका अध्यक्ष जयनारायण शाहले कनकाई अनलाइनलाई बताउँनु भयो।शाहले राहत वितरण कार्य अझै जारी भएकाले यो संख्या बढ्न सक्ने बताउँनु भयो।

पहिलो चरणमा प्रत्येक वडामा मास्क वितरण गरेको झापा गाउँपालीकाले दोस्रो चरणमा १० केजी चामल,१ केजी नुन,१ केजी दाल र एक थान साबुनको प्याकेज बनाएर आफ्ना विपन्न गाउँबासीलाई राहत वितरण गरिरहेको छ।

सम्बन्धित खबर