कनकाई अनलाइन
झापा,बैशाख ८।झापा गाउँपालिकाले कोरोना महामारीबाट आफ्ना गाउँपालिकाका नागरिकलाई सहयोग गर्न बनाएको कोरोना राहत कोषमा झापा गाउँपालीका-३ निवासी आकाश गणेश(देव) ले दस हजार एक सय रुपैयाँ सहयोग गर्नुभएको छ।
गणेशले एक विशेष कार्यक्रमका बिच उक्त सहयोग रकम झापा गाउँपालीका अध्यक्ष जयनारायण शाहलाई हस्तान्तरण गर्नुभयो।गणेश कामाटोली बजारका स्थानीय युवा व्यबसायी समेत रहनु भएको छ।
यो विपदको घडीमा विपन्न गाउँवासीलाई केही राहात होस भनी आफुले उक्त सहयोग गरेको गणेशले कनकाई अनलाइनलाई बताउँनु भयो।
झापा गाउँपालीकाको कोरोना राहत कोषमा रकम जम्मा हुने क्रम जारी छ।यस कोषमा थप सहयोग गरि महाविपत्तीमा सहयोग गर्न गाउँपालिकाले सम्पुर्ण संघ संस्था, उद्योगी व्यापारी व्यावसायी स्वदेश तथा विदेशमा रहनुहुने नेपाली दाजुभाई दिदिबहिनीसमक्ष अनुरोध समेत गरेको छ ।
रकम प्रदान गर्दा आव्यश्यक पर्ने खाता एनआइसी एसीयाको झापा बजारमा रहेको साखाबाट खोलीएको k2CA051251452406 नम्बरको खाता रहेको छ।