Kanakai Online

७ सय परिवारलाई कनकाई लायन्सको राहत प्याकेज


आइतवार, वैशाख ७, २०७७ |

कनकाई अनलाईन

लायन्स क्लव अफ कनकाई सुरुङ्गाको टोलीले कनकाई नगरपालिकाको ५ सय परिवार र झापा गाउँपालिकाको गरिब बस्तीमा २ सय परिवारलाई घरघरमै पुगेर राहत सामाग्री हस्तानतरण गरेको छ ।
लायन्सका संस्थापक अध्यक्ष लीलाप्रसाद चिमरियाको नेतृत्वमा गएको लायन्स र लियो क्लव अफ कनकाईका युवा टोलीले कनकाई नगरपालिकाका सबै ९ वटै वार्डको घरघरमा पुगेर प्रतिपरिवार १५ किलो चामल, एक किलो नुन, साबुन र एक किलो दाल प्रदान गरेका हुन । कनकाई नगरपालिकासग समन्वय गरि ती राहत सामाग्री प्रदान गरिएको लायन्सका संस्थापक अध्यक्ष लीलाप्रसाद चिमरियाले बताउनुभयो । राहत प्रदान कार्यक्रममा बोल्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले लायन्सको यस परोपकारी कार्यले कनकाई नगरपालिकाको ५ सय परिवारमा खुसीको वहार ल्याएको बताउँनुभयो । कनकाई नगरपालिकाले पहिलो चरणको राहत वितरण सकेपनि लकडाउन लामो समयसम्म कायम रहदा अत्यन्तै गरिब परिवारमा समस्या सुरु भएको नगरप्रमुख पोखरेलले बताउँनुभयो । सोही टोलीले झापा गाउँपालिकाको भारतसिमामा रहेको दक्षिण क्षेत्र सालमाराका ३ गाउँमा गएर २ सय घरपरिवारलाई चामल , दाल , तेल, नुन र साबुन प्रदान गरेको थियो । झापा गाउँपालिकाको समन्वयमा यस क्षेत्रका अनिविपन्न मुस्लिम बाहुल्य भएको गाउँको २ सय घरपरिवारमा राहत सामाग्री बितरण गरेको हो । कार्यक्रममा बोल्दै झापा गाउँपालिकाका अध्यक्ष जय नारायण शाहले लायन्स परिवारको सहयोगमा गरिएको खाद्यान्न प्रदानले अतिविपन्न परिवारको संकटको घडी टरेको बताउँनुभयो । लायन्स क्लवले संस्थागत वाहेक यस क्षेत्रका सहयोगीहरुले प्रदान गरेको राहत सामाग्री घरघरमै पुगेर प्रदान गरेको हो ।
लायन्स क्लवले संस्थागत वाहेक यस क्षेत्रका समाजसेवीहरु सुरुङ्गा निवासी बिजय गजुरेल, वनवोरी सेलर मिल सुरुङ्गा र राधेश्याम अग्रवाल,तेजपाल अग्रवाल, देविप्रसाद ढुङ्गेल, खगेन्द्र महत्तो, अन्नतलाल महत्तो र घनश्याम चौधरीले आर्थिक तथा जिन्सि सहयोग गर्नुभएको लायन्सका संस्थापक
अध्यक्ष लीलाप्रसाद चिमरियाले बताउँनुभयो ।

राहत वितरणमा कनकाई नगरपालिका वार्डनम्बर एकका वडाध्यक्ष रोषनराज पोखरेल, लायन्सका संस्थापक अध्यक्ष तथा एरिया चिफ पर्सन लीलाप्रसाद चिमरिया , लायन्स क्लव अफ कनकाई सुरुङ्गाका अध्यक्ष गंगाराम दाहाल, वरिष्ठ उपाध्यक्ष मनोज बस्नेत, सचिव संजय गजुरेल, पुर्वअध्यक्ष रमेश खतिवडा, डिआर सुवेदी लियोका अध्यक्ष रोचक कार्की , संस्थापक अध्यक्ष पंकज खड्का, केवल उप्रेती लगायातको सहभागिता रहेको थियो ।