कनकाई अनलाईन
झापा,बैशाख ७।विश्व अहिले कोरोना भाइरस(कोभिड-१९)को महामारीले आक्रांन्त छ।बिश्वमा २१,९७,१७४ जना संक्रमित संख्या मध्ये ५,५७,६१८ उपचारद्वारा ठिक भएका छन भने १,४७,५१२ जनाको मृत्यु भैसकेको छ,यो क्रम बढ्दो छ।यसरी विश्व जगत कोभिड-१९ बाट आक्रान्त भइरहदा नेपाल पनि अछुतो रहन सकेन।नेपालमा पनि संक्रमितको संख्या ३० पुगीसकेको छ भने १ जना ठिक भएर फर्किसकेका छन,मृत्यु हुनेको संख्या ० छ।अहिले मुलुक कोरोना भाइरसको महामारी फैलन नदिने कसरतमा छ।लकडाउनले सबै सरकारी कार्यालय बन्द छन।मानिसको आवतजावत ठप्प छ।अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन केन्द्रीय सरकार तथा स्थानिय सरकारले पटक-पटक आग्रह गरिरहेको छ।तर पनि झापा गाउँपालीकाको कार्यालयमा कार्यरत कर्मचारीहरुलाई भने चैन छैन।
यो विपदको घडीमा हामीले बिदामा बस्नु हुन्न भनी यहाँका प्रमुख प्रशासकिय अधिकृत जीवन निरौला आफ्नो टिम लिएर कार्यालयमा अहोरात्र खटिरहेका छन।निरौला बार्हदशी गाउँपालीका-५ बाट झापा गाउँपालीकाको कार्यालय आउछन।उनी मात्र कहाँ हो र प्राय सबै नै कर्मचारी झापा गापा बाहिर बाट आउछन।उदय मैनाली(सहायक पाँचौ ),अभिषेक दास(इन्जिनियर) र दिपेन्द्र न्यौपाने(सहायक कम्पुटर अडिटर) बिर्तामोडबाट आउछन।सुचना अधिकारी हिमाल मिश्र भने अर्जुनधाराबाट आउँछन।
लेखा अधिकृत लक्ष्मी खतिवडा सहित सबै कर्मचारी काममा ब्यस्त थिए।कोरोना राहत कोषमा जम्मा भएको रकम,आय,ब्यय,राहत वितरण लगायतका कार्यलय भित्रको कामको चाप अधिक थियो।केवल कार्यालय बन्द बाहिरबाट आउने कामका लागि भएको थियो।
हक्की अनि स्वचन्ध स्वभाबका प्रमुख प्रशासकीय अधिकृत जीवन निरौला आफू व्यस्त हुँदै सबै कर्मचारीलाई काम खटाउदै थिए।उनको काम प्रतीको लगाव प्रस्टै देखिन्थ्यो।त्यसो त सबै कर्मचारी ब्यस्त थिए।हामी पुग्दा कार्यालयमा निरौला सहित २३ जना कर्मचारी थिए।प्रसासकिय अधिकृत (छैटौं) हिमाल मिश्र,सहायक (पाँचौ) पुर्णचन्द्र मैनाली(उदय),लेखा अधिकृत लक्ष्मी खतिवडा,सुचना प्रबिधी अधिकृत गौरब संग्रौला,इन्जिनियर अभिषेक दास,विमस राई,स्वास्थ्य साखा प्रमुख लक्ष्यमण विश्वकर्मा,स्वास्थ्य अधिकृत प्रेम न्यौपाने,रोजगार संयोजक राजु उराव,नायक सुब्बा रामजी अधिकारी,सब-इन्जिनियर फेसीस पाण्डे,विज्ञान चम्लागाईं,एम.आइ.एस अपरेटर रोहित कर्ण,फिल्ड सहायक विशाल कडेल,असिस्टेन्ट सब-इन्जिनियर शैलेस उप्रेती,नायक प्राविधिक सहायक रिता देवी बर्देवा,सहायक कम्पुटर अडिटर दिपेन्द्र न्यौपाने,सवारी चालक मनोज मण्डल,कार्यालय सहयोगीहरु पुस्पा अधिकारी,लक्ष्मी राजवंशी,डम्बर कुमारी प्रसाई लगायतका कर्मचारीलाई लकडाउनले पटक्कै छोएको थिएन।आ-आफ्नो काममा तल्लीन यी कर्मचारी देख्दा गर्ब लाग्यो।
त्यसो त यहाँ कर्मचारीको मात्र कुरा गर्दा अहोरात्र खटिइरहने अरु कर्मचारी,जनप्रतिनिधी,संघ संस्थाका प्रतिनिधि,राजनितिक दलका प्रतिनिधि सुरक्षाकर्मीहरुलाइ अन्याय होला।यो पंक्तीकारको उदेश्य त्यो पटक्कै होइन।झापा गाउँपालीकाले बनाएका दुई अस्थायी क्वारेन्टाइनमा लगायत यहाँका स्वास्थ्य चौकी,उप-स्वास्थ्य चौकीमा स्वास्थ साखाका कर्मचारीहरु अहोरात्र सेवामा छन।