कनकाई अनलाइन
झापा,बैशाख ६।झापा गाउँपालिकाले कोरोना महामारीबाट आफ्ना गाउँपालिकाका नागरिकलाई सहयोग गर्न बनाएको कोरोना राहत कोषमा साहारा नेपाल साकोसले एक लाख एक हजार रुपैयाँ सहयोग गरेको छ।
उक्त रकम एक विशेष कार्यक्रमका बिच संस्थाका इलाका प्रवन्धक दुधेका चुडामणि कट्टेल र कुमरखोद साखा प्रमुख दिपक पोख्रेलले संयुक्तरुपमा गाउँपालीकाका अध्यक्ष जयनारायण शाहलाई हस्तान्तरण गर्नुभयो।हस्तान्तरण कार्यक्रममा सेवा केन्द्र सहयोग समितिका संयोजक जगरनाथ राजबंशी,सदस्यहरु माधवप्रसाद पोख्रेल,सागिरथ गणेश,कुमरखोद साखाका कर्मचारी सन्तोषप्रसाद गणेश लगायतको उपस्थिति रहेको थियो।
साहारा नेपालको केन्द्रीय कार्यालय बिर्तामोडबाटै यो सहयोग आएको भन्दै विपदको घडीमा विपन्न गाउँवासीलाई केही सहायता होस भनी संस्थाले उक्त रकम सहयोग गरेको साखा प्रमुख पोख्रेलले कनकाई अनलाइनलाई बताउँनु भयो।
साहाराले यस अघि पनि झापा गाउँपालीकाका दुई अस्थायी क्वारेन्टाइनमा २५,४३५ मूल्य बराबरको खाद्यान्न सहयोग गरिसकेको पोख्रेलले बताउँनु भयो।