कनकाई अनलाईन
कोरोना भाइरसको कारण लकडाउनबाट बन्द भएका झापाका चिया उद्योग र बगान वैसाख ७ गते आइतवारबाट पूर्ण रुपले संचालनमा आउने भएका छन् ।
चिया उद्योगी, मजदुर र प्रशासन बीच जिल्ला प्राशसन कार्यालय झापामा भएको सहमती अनुसार वैसाख ७ गते आइतवारबाट बगान र उद्योग संचालनमा आउने निर्णय गरिएको हो । प्रदेश १ सरकारले चिया बगान र उद्योग एक साता अघिनै संचालन गर्ने निर्णय गरेको थियो । तर, चिया श्रमिक र बगान संचाचलक बीच सहमती बन्न नसक्दा झापाका चिया वगान तथा उद्योगहरु खुल्ल सकेका थिएनन । कतिपय स्थानमा चिया वगान मालिक र स्थानिय सरकारविच समेत आवश्यक समन्वय नहुदा खुलेका बगानहरुपनि बन्द भएका थिए ।
झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगर, नेपाल चिया उत्पादक संघका चण्डी पराजुली, मजदुर नेता भूपाल सापकोटा, दीपक तामाङ, यज्ञप्रताप अधिकारी, सीता सापकोटा, सहिकुमार राई, झापा उद्योग संघका अध्यक्ष टीकाराज ढकाल, राष्ट्रिय चिया तथा कफी विकास वोर्ड क्षेत्रिय कार्यालय बिर्तामोडका प्रमुख रामएकवाल यादव लगायत बीच भएको सहमतीमा चिया बगान पूर्ण रुपले संचालन गर्ने निर्णय भएको हो ।
स्थानीय सरकारसँग समन्वय गरेर बगान संचालन गर्ने, सामाजिक दुरी कायम राखेका मजदुरले काम गर्ने गराउने, हातधुने साबुन, पानी र स्यानेटाइजर, मास्कको प्रवन्ध व्यवस्थापन पक्षले गर्ने र अनिवार्य प्रयोग गर्नु पर्ने, चियाको पत्ती बोक्ने गाडीमा अनिवार्य ब्यानर राख्ने र हरियो चियापत्ती तौलने स्थानमा भीडभाड नर्गने समेत सहमती भएको छ । देशमै सबैभन्दा धेरै क्षेत्रमा चिया खेती गरिने झापामा ३० वटा चिया उद्योग संचालनमा छन् भने ४० हजार चिया श्रमिक रहेका छन ।