Kanakai Online

कनकाई कोषमा कनकाई शिक्षक महासंघको १ लाख २२ हजार


शनिवार, वैशाख ६, २०७७ |

कनकाई अनलाईन
आफ्ना नागरिकको उपचार तथा खाद्यान्न सहयोगका लागि स्थापना गरिएको कनकाई कोरोना राहत कोषमा नेपाल शिक्षक महासंघ कनकाई नगर कार्यासमितिबाट १ लाख २२ हजार ७ सय रुपैँया सहयोग प्रदान भएको छ ।

आज कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलाई महासंघका तर्फबाट अध्यक्ष सारदा प्रसाई पाठक, सचिव निर्मल खनाल, महासंघका जिल्ला उपाध्यक्ष भवानी लुइटेल लगायातले उक्त रकम हस्तानतरण गर्नुभएको हो । शिक्षक महासंघकी अध्यक्ष पाठकले कनकाईका १४ सामुदायिक विद्यालयका शिक्षक कर्मचारी, वाल शिक्षक लगायातबाट संकलित रकम राहत कोषमा जम्मा गरेको बताउँनुभयो । कार्यक्रममा सहयोग रकम बुझ्दै कनकाई नगरपाकिलाकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले शिक्षकहरुको सहयोगले कनकाईका गरिब परिवारलाई खाद्यान्न लगायातका सामाग्री प्रदान गरिने बताउँनुभयो ।
यस कोषमा थप सहयोग गरि महाविपत्तीमा सहयोग गर्न नगरपालिकाले सम्पुर्ण संघ संस्था, उद्योगी व्यापारी व्यावसायी स्वदेश तथा विदेशमा रहनुहुने नेपाली दाजुभाई दिदिबहिनीसमक्ष अनुरोध समेत गरेको छ ।
रकम जम्मा गर्नका लागि कनकाई नगरपालिकाको कनकाई नगर विपत व्यावस्थापन कोषको नेपाल बैँकको खाता नम्बर १४७०३००००००००५००४००२ मा जम्मा गरिदिन समेत अनुरोध गरेको छ ।

सम्बन्धित खबर