Kanakai Online

गरिबको घरघरमा पुगेर कनकाई लायन्सको राहत प्याकेज


बिहिवार, वैशाख ४, २०७७ |

लीलाराज झापाली ।
लायन्स क्लव अफ कनकाई सुरुङ्गाको टोलीले झापा गाउँपालिकाको गरिब बस्तीमा पुगेर घरघरमा पुगि राहत सामाग्री हस्तानतरण गरेको छ ।


लायन्सका संस्थापक अध्यक्ष लीलाप्रसाद चिमरियाको नेतृत्वमा गएको लायन्स र लियो क्लव अफ कनकाईका युवा टोलीले झापा गाउँपालिकाको भारतसिमामा रहेको दक्षिण क्षेत्र सालमाराका ३ गाउँमा गएर २ सय घरपरिवारलाई चामल , दाल , तेल, नुन र साबुन प्रदान गरेको हो ।

झापा गाउँपालिकाको समन्वयमा गरिएको राहत हस्तानतरणमा झापा गाउँपालिकाका अध्यक्ष जय नारायण शाह, लायन्सका संस्थापक तथा एरिया चिफ पर्सन लीलाप्रसाद चिमरिया , लायन्स क्लव अफ कनकाई सुरुङ्गाका अध्यक्ष गंगाराम दाहाल, सचिव संजय गजुरेल, पुर्वअध्यक्ष रमेश खतिवडा, डिआर सुवेदी लियोका अध्यक्ष रोचक कार्की , संस्थापक अध्यक्ष पंकज खड्का, केवल उप्रेती लगायातले यस क्षेत्रका विभिन्न ३ अनिविपन्न मुस्लिम बाहुल्य भएको घरपरिवारमा राहत सामाग्री हस्तानरण गर्नुभयो ।

कार्यक्रममा बोल्दै झापा गाउँपालिकाका अध्यक्ष जय नारायण शाहले लायन्स परिवारको सहयोगमा गरिएको खाद्यान्न प्रदानले अतिविपन्न परिवारको संकटको घडी टरेको बताउँनुभयो । लायन्स क्लवले संस्थागत वाहेक यस क्षेत्रका समाजसेवीहरु सुरुङ्गा निवासी बिजय गजुरेल, वनवोरी सेलर मिल सुरुङ्गा र राधेश्याम अग्रवाल,तेजपाल अग्रवाल, देविप्रसाद ढुङ्गेल, खगेन्द्र महत्तो, अन्नतलाल महत्तो र घनश्याम चौधरीले आर्थिक तथा जिन्सि सहयोग गर्नुभएको लायन्सका संस्थापक लीलाप्रसाद चिमरियाले बताउँनुभयो ।


यसैविच लायन्सको संयोजनमै कनकाई नगरपालिकाका अतिविपन्न परिवारका ५ सय घर परिवारलाई समेत कनककाई नगरपालिकाको संयोजनमै चाडै राहत वितरण गर्न लागिएको समेत चिमरियाले बताउँनुभयो ।

सम्बन्धित खबर