Kanakai Online

कनकाई कोषमा सुरुङ्गाका व्यावसायी रामबाबु मर्हजनको २५ हजार


बिहिवार, वैशाख ४, २०७७ |

कनकाई अनलाईन

आफ्ना नागरिकको उपचार तथा खाद्यान्न सहयोगका लागि स्थापना गरिएको कनकाई कोरोना राहत कोषमा कनकाई सुरुङ्गाका पुराना व्यावसायी तथा साहित्यकार रामबाबु मर्हजनले २५ हजार १ सय एक रुपैँया सहयोग गर्नुभएको छ मर्हजनले यस बर्षको आफ्नो जन्मदिनको अवशर पारि जन्मदिन मनाउने रकम नगरपालिकाद्धारा स्थापित कोषमा जम्मा गर्नुभएको हो ।
महर्जन यस क्षेत्रका पुराना व्यावसायी हुनुहुन्छ ।
यस कोषमा थप सहयोग गरि महाविपत्तीमा सहयोग गर्न नगरपालिकाले सम्पुर्ण संघ संस्था, उद्योगी व्यापारी व्यावसायी स्वदेश तथा विदेशमा रहनुहुने नेपाली दाजुभाई दिदिबहिनीसमक्ष अनुरोध समेत गरेको छ ।
रकम जम्मा गर्नका लागि कनकाई नगरपालिकाको कनकाई नगर विपत व्यावस्थापन कोषको नेपाल बैँकको खाता नम्बर १४७०३००००००००५००४००२ मा जम्मा गरिदिन समेत अनुरोध गरेको छ ।

सम्बन्धित खबर