Kanakai Online

झापा क्वारेन्टाइनमा रहेका जिल्ला बाहिरका ३२ आफ्नो घर पुगे


बुधवार, वैशाख ३, २०७७ |

लीलाराज झापाली
झापाका विभिन्न नेपाल भारत सिमाक्षेत्रको क्वारेन्टाइनमा रहेका जिल्ला वाहिरका ३२ जना नागरिकलाई आआफ्नो घर पठाउन थालिएको छ ।
झापा गाउँपालिकास्थित डिल्लीराज माविमा रहेका ७ जनालाई २० दिनसम्मको क्वारेन्टाइनमा राखिएपछि जिल्ला प्रशासनको समन्वयमा आआफ्नो घरमा पठाइएको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले बताउँनुभयो । त्यहा रहनुभएका कैलालीका ३ र सुर्खेतका ४ जनालाई र्यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) चेक गर्दा नेगेटिभ पाइएपछि आआफ्नो घरसम्म पुर्याइएको डिल्लीराज मावि क्वारेन्टाइन संयोजक श्यामकुमार न्यौपानेले बताउँनुभयो ।
उनीहरु भारतका विभिन्न शहरमा रोजगारीपछि डिघंलबैँकको बाटो हुदै नेपाल भित्रिएका थिए । हाल झापा गाउँपालिकामा ३८ जना व्याक्तिहरु होम क्वारेन्टाइन तथा क्वारेन्टाइनमा रहेको झापा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीवन निरौलाले बताउँनुभयो ।
यता झापा सदरमुकाम भद्रपुरको चन्द्रगढी स्थित कलवलगुरी क्वारेन्टाइनमा रहेका २५ जनालाई घर पठाइएको छ । १४ दिनसम्म क्वारेन्टाइनमा रखेपछि गरिएको र्र्यािपड डायग्नोष्टिक टेस्ट(आरडीटी) बाट कोरोना संक्रमण नपाइएपछि होम क्वारेन्टाइनमा बस्ने गरी घर पठाइएको हो ।
भद्रपुर नगरपालिकाको समन्वयमा नेपाली सेनाले व्यवस्थापन गरेको क्वारेन्टाइनमा १४ दिन बिताएपछि गरिएको र्र्यािपड डायग्नोष्टिक टेस्ट(आरडीटी) किट परीक्षणमा सबैको कोरोना रिपोर्ट नेगेटिभ आएकोले उनीहरुलाई घर पठाइएको भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय झापाको समन्वयमा वसको व्यवस्था गरी उनीहरुलाई घरमै अरु सात दिन क्वारेन्टाइनमा बस्ने गरी घर पठाइएको नगरप्रमुख श्रेष्ठको भनाइ छ ।
सरकारले गरेको लकडाउनकै बेला भारतका विभिन्न ठाउँबाट हिँडेर आई पूर्वी कोँकरभिट्टा र पूर्वी दक्षिणी भद्रपुर नाकाबाट नेपाल छिरेका उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो ।क्लबलगुरी क्वारेन्टाइनमा सिराहाका ११ जना, उदयपुरका ६ जना, उदयपुरका ६ जना, दैलेखका २ जना, सप्तरीका एकजना र स्थानीय एकजना रहेको क्वारेन्टाइन इञ्चार्ज क्याप्टेन विजय निरौलाले जानकारी दिनुभयो ।
सिराहा, उदयपुर र सप्तरीका १७ जनालाई भद्रपुर नगरपालिकाले बस व्यवस्था गरी पठाएको र सुर्खेत र दैलेखका नागरिकलाई सुर्खेतको चौकुने गाउँपालिकाले पठाएको गाडीमा पठाइएको नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
तस्वीर ः झापा गाउँपालिकाको डिल्लीराज माविमा रहेकाहरुलाई घरतर्फ पठाइदै फोटो लीलाराज झापाली

सम्बन्धित खबर