Kanakai Online

नेपाली कांग्रेस झापा गाउँ कार्य समितिद्वारा झापा गाउँपालीकाको राहत कोषमा १ लाख ५१ हजार।


बुधवार, वैशाख ३, २०७७ |

कनकाई अनलाइन

झापा,बैशाख ३।झापा गाउँपालिकाले कोरोना महामारीबाट आफ्ना गाउँपालिकाका नागरिकलाई सहयोग गर्न बनाएको कोरोना राहत कोषमा नेपाली कांग्रेस झापा गाउँपालीका कार्यसमितिले एक लाख एक्काउन हजार रुपैयाँ  सहयोग गरेको छ।

एक विशेष कार्यक्रमका बिच उक्त सहयोग रकम नेपाली कांग्रेसका महासमिति सदस्य देवकुमार थेवे र झापा गाउँपालीका कार्य समितिका सभापति मोतीलाल गणेशले संयुक्तरुपमा झापा गाउँपालीकाका अध्यक्ष जयनारायण शाहलाई हस्तान्तरण गर्नुभयो।हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेसका झापा क्षेत्र-४ का क्षेत्रीय सचिव शिवकुमार कडेल,सन्तोष नेपाल,क्षेत्र-४ कि महिला सभापति अन्जु थपलिया,क्षेत्र-४ का क्षेत्रीय सदस्यहरु सागिरथप्रसाद गणेश,अविदुल कान्छा,सुन्दरलाल गणेश,गाउँ कार्यसमितिका सह-सभापतीहरु सखिचन ठाकुर,राजकुमार यादव साथै क्रमस सबै वडाका सभापतीहरु कौशल गणेश,द्वारिका खतिवडा,देवनारायण गणेश,गिरिधारी सिंह(प्रतिनिधि),नन्दकिशोर पोधार,मोहन मिश्र,तेज श्रेष्ठ तथा महिला नेतृहरु वसुन्धरा थपलिया,सपना विक लगायतको उपस्थिति रहेको थियो।

विश्वभर फैलिदै आएको कोरोना भाइरस(कोभिड-१९) लाई न्युनीकरण गर्ने उदेश्यले सरकारले तोकेको लकडाउनको सिमा भित्र रही लकडाउन कार्यान्वयन गर्ने सन्दर्भमा अती विपन्न ज्याला मजदुरी गर्ने श्रमिकहरुका लागि यो विपदको घडीमा केही सहायता होसभनी आफ्नो पार्टीले यस्तो सहयोग गरेको नेपाली कांग्रेसका महासमिति सदस्य थेवेले बताउँनु भयो।कार्यक्रममा गाउँपालीका अध्यक्ष जयनारायण शाहले नेपाली कांग्रेसले यो विपदको घडीमा दिएको साथको प्रशंसा गर्दै सवैलाई धन्यबाद दिनुभयो।

नेपाली कांग्रेसको झापा गाउँपालीका कार्य समितिले वडाका सम्पुर्ण सक्रिय सदस्यबाट रकम संकलन गरेर उक्त सहयोग रकम जुटाएको हो।

सम्बन्धित खबर