कनकाई अनलाईन
नेपाल भारत सिमा क्षेत्रस्थित झापा गाउँपालिकामा खटिएका शसस्त्र प्रहरीलाई सुरुङ्गास्थित प्रधान मेडिसिन सेन्टर सुरुङ्गाले मास्क, ग्लोव र सेनेटाइजर प्रदान गर्नुभएको छ ।
शसस्त्र प्रहरी वल टानडुब्बाका प्रमुख शसस्त्र प्रहरी निरिक्षक सचिन प्रधानलाई प्रधान मेडिसिन सेन्टरको तर्फबाट प्रदान गरिएको उक्त सामाग्री पत्रकार महासंघ झापाका कार्यसमिति सदस्य तथा कनकाई अनलाईनका सम्पादक प्रकाशक लीलाराज झापालीले हस्तानतरण गर्नुभयो ।
केहिदिन पहिले आफुहरु राहत लिएर सो क्षेत्रमा जादा सिमा सुरक्षामा अहोरात्र खटिनुभएका प्रहरीहरुलाई कोरोना भाइरसबाट वच्न आवश्यककीय सुरक्षा सामाग्रीको अभाव देखिएको कारण आफुले थोरै भएपनि सहयोग गरेको प्रधान मेडिसिन सेन्टरका प्रोपाइटर सुरेन्द्र प्रधानले बताउँनुभयो । यसअघि प्रधान मेडिसिन सेन्टरले सुरुङ्गाको इलाका प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयलाई समेत यी सामाग्री प्रदान गर्नुभएको थियो ।
दाताको सहयोगले आफुहरुलाई सिमा क्षेत्रमा कडा निगरानी गर्न थप मद्धत मिलेको शसस्त्र प्रहरी वल टाघनडुब्बाका प्रमुख शसस्त्र प्रहरी निरिक्षक प्रधानले बताउँनुभयो । हाल सो क्षेत्रमा शसस्त्र र जनपद प्रहरीको साथमा टोल टोलमा गठन गरिएको नागरिक पहरेदारी टोलीले सिमामा कडा पहेरेदारी गरिरहेको छ ।