Kanakai Online

उत्सब कृषि सहकारीद्वारा झापा गाउँपालीकाको राहत कोषमा १० हजार।


बुधवार, वैशाख ३, २०७७ |

कनकाई अनलाइन

झापा,बैशाख ३।झापा गाउँपालिकाले कोरोना महामारीबाट आफ्ना गाउँपालिकाका नागरिकलाई सहयोग गर्न बनाएको कोरोना राहत कोषमा उत्सब कृषि सहकारी संस्था लिमिटेड कुमरखोदले १० हजार सहयोग गरेको छ।

एक विशेष कार्यक्रमका बिच संस्थाका उपाध्यक्ष सुन्दरलाल गणेशले उक्त रकम झापा गाउँपालीकाका अध्यक्ष जयनारायण शाहलाई हस्तान्तरण गर्नुभयो।

झापा गाउँपालीकाको कोरोना राहत कोषमा रकम जम्मा हुने क्रम जारी छ।यस कोषमा थप सहयोग गरि महाविपत्तीमा सहयोग गर्न गाउँपालिकाले सम्पुर्ण संघ संस्था, उद्योगी व्यापारी व्यावसायी स्वदेश तथा विदेशमा रहनुहुने नेपाली दाजुभाई दिदिबहिनीसमक्ष अनुरोध समेत गरेको छ ।

रकम प्रदान गर्दा आव्यश्यक पर्ने खाता एनआइसी एसीयाको झापा बजारमा रहेको साखाबाट खोलीएको k2CA051251452406 नम्बरको खाता रहेको छ।

सम्बन्धित खबर