Kanakai Online

अबिदुल कान्छाद्वारा झापा राहत कोषमा ४० हजार।


मङ्गलवार, वैशाख २, २०७७ |

कनकाई अनलाइन

झापा,बैशाख २।झापा गाउँपालिकाले कोरोना महामारीबाट आफ्ना गाउँपालिकाका नागरिकलाई सहयोग गर्न बनाएको कोरोना राहत कोषमा झापा गाउँपालीका-५ निवासी अबिदुल कान्छाले ४० हजार रुपैयाँ सहयोग गर्नु भएको छ।

कान्छाले एक विशेष कार्यक्रमका बिच उक्त सहयोग रकम झापा गाउँपालीका अध्यक्ष जयनारायण शाहलाई हस्तान्तरण गर्नु भयो।कान्छा अबेदुल कन्ट्रक्सन प्रालीका प्रोपाइटरका साथै नेपाली कांग्रेसका क्षेत्र नं-४ का क्षेत्रीय प्रतिनिधि तथा अघिल्लो स्थानियतहको निर्वाचनमा झापा गाउँपालीका-५ का कांग्रेसका तर्फका वडाध्यक्षका प्रत्यासी उम्बेद्वार समेत रहनु भएको छ।

झापा गाउँपालीकाको कोरोना राहत कोषमा रकम जम्मा हुने क्रम जारी छ भने झापा गाउँपालिकाका गरिब तथा अतिकम आय भएका परिवारलाई खाद्यान्न वितरण कार्य सुरु भइसकेको छ।

यस कोषमा थप सहयोग गरि महाविपत्तीमा सहयोग गर्न गाउँपालिकाले सम्पुर्ण संघ संस्था, उद्योगी व्यापारी व्यावसायी स्वदेश तथा विदेशमा रहनुहुने नेपाली दाजुभाई दिदिबहिनीसमक्ष अनुरोध समेत गरेको छ ।

रकम प्रदान गर्दा आव्यश्यक पर्ने खाता एनआइसी एसीयाको झापा बजारमा रहेको साखाबाट खोलीएको k2CA051251452406 नम्बरको खाता रहेको छ।




सम्बन्धित खबर